गोल्मढीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


चैत १२, २०७८, शनिबार | दिउँसो ०२:२२ बजे | 25


गोल्मढीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर । भक्तपुरको गोल्मढीमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । फिप्टिन ग्रुप तथा आई कियर अप्टिकलको आयोजनामा शिविर भएको हो ।
शिविरमा दुई सय ६ जनाले सेवा पाएका थिए । लायन्स क्लब अफ भक्तपुर नरसिंह र नेपाल रेडक्रस सोसाइटी नवदुर्गा उपशाखाको सहकार्यमा शिविर भएको हो । शिविरको लागि लायन्स आँंखा तथा मधुमेह केन्द्र, आई केयर अप्टिकल क्षेत्रपाटी, दृष्टि आई केयर सिस्टम, भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्राविधिक सहयोग गरेको थियो ।
शिविरमा निःशुल्क आँंखा जाँंच, निःशुल्क चस्मा वितरण, निःशुल्क औषधि वितरण, निःशुल्क फिजियोथेरापी सेवा, निःशुल्क व्लड सुगर चेकजाँंच सेवा पनि भएको थियो । शिविर गलसी पुखु ५ चासुखेल भक्तपुरमा भएको थियो ।

Comments