भक्तपुर अटोमोवाइल्सद्धारा रक्तदान


चैत १२, २०७८, शनिबार | विहान ०७:३० बजे | 0


भक्तपुर अटोमोवाइल्सद्धारा रक्तदान

भक्तपुर अटोमोवाइल्स एसोसिएसनको आयोजनामा भक्तपुरका दूधपाटीमा शनिबार भव्य रुपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य हो, स्वस्थ रहौ, समृद्ध बनौ भन्ने नाराका साथ दूधपाटीको बसपार्कमा रक्तदान कार्यक्रम भएको हो । एसोसिएसनका अध्यक्ष दीपेन्द्र खर्वुजा, सचिव स्वयम्भुरत्न शाक्य, कोषाध्यक्ष सुरेन्द्र प्रजापतिलगायतको सक्रियतामा कार्यक्रम भएको हो । कार्यक्रमको क्रममा रक्तदानमा सहभागी सवैजना रक्तदाताहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो । कार्यक्रममा करिव एक सय जनाले रक्तदान गरेको जनाइएको छ । कार्यक्रममा अच्युत प्रजापतिले ४५ औं पटक रक्तदान गरेका थिए ।  

Comments