सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा पीडितलाई मृत्यु दाबी भुक्तानी


चैत ११, २०७८, शुक्रबार | विहान ०७:४४ बजे | 20


सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा पीडितलाई मृत्यु दाबी भुक्तानी

महेश सिंह
सिरहा लहान ११ चैत – वैदेशिक रोजगारमा कतार गएका त्रियुगा नगरपालिका वाडा नम्बर ७ चिसापानी बस्ने चित्र बहादुर सिग्देलको काम गर्दै गर्दा हिर्दय घातको कारणले २०७८ माघ २६ गते मृत्यु भएको हो। सिग्देलको घरमा श्रीमती र एक छोरा र एक छोरी छिन।
वैदेशिक रोजगार म्यादी जिवन बिमा अन्तर्गत सिग्देलले बिदेश जाने क्रममा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा बिमा गराएका थिए।उनी दोश्रो पल्ट बिलडिङ्ग श्रमिकको काममा कतार पुगेका थिए।
सिग्देललाई घरेडि मात्र रहेको र ऋणकर्जामा डुबेका मृतकको श्रीमती टंक कुमारी सुग्देल दुःखद कुरा सुनाईन। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान सखाकाको प्रबन्धक उपेन्द्र नारायण महतोले जो सुकै पीडित ब्यक्ति सहजै रूपमा मृत्यु दाबी भुक्तानी दिने गरेका छन्।
मृतक श्रीमतीको नाउँमा सखा प्रबन्धक महतोले पत्रकार महेश सिंह र मृतकको दाजु गणेश सिग्देल र सालो नवराज घिमिरेको रोहबरमा माछापुच्छ्रे बैंकको क्रिया खर्च सहित १४ लाखको चेक दिएका छन्।मृतकको श्रीमती सिग्देल घर गृहीनी हुन।

Comments