कस्ता नेता छान्ने........?


चैत ११, २०७८, शुक्रबार | विहान ०२:२९ बजे | 5


कस्ता नेता छान्ने........?

कस्तो नेता छान्ने .......?
देशभक्ति नेता र कार्यकर्ता छान्ने
राष्ट्वादीहरूजनतालाई
खुकुरीले छप्काईसकेका
राष्ट्कोसम्पत्ति टप्काईधुजाधुजा बनाएकाहरू
नक्कलि कम्यूनिष्टहरूधोके बाजहरूहुन्न
मौका नपाएरजनताको आसेपासे
बनेका धुर्तहरू हुन्
जनतालाई छलछाम गर्दै थाङ्गनामा सुताउने
जो जनतालाई माछालाई झै
बल्छीमा गड्यौला राख्नेहरू
जे जस्तो भनेनी झुपडीवाट आएकालाई जनताको ठानुपर्छ
छलछाम र हुनेखानेहरूलाई नछानौ
जनताको विचमा सुख दुःखमा साथ दिने र
देशभक्तहरूलाई संसदमा र प्रदेशमा पठाऔँ
स्थानीय निकायमा वडाको विकास गर्ने र भ्रष्टाचार नगर्ने छानौ
गाउँगाउँमा सार्वजानिक सम्पत्ति
संरक्षणगर्नेलाई जिताऔ
कला सस्कृति,नेपालीसस्कार र सम्पदालाई जिवन्तता दिनेलाई उठाऔ ,
एमसिसी पास गरेको पार्टीको नेता नछान्नु
 गुण्डा र नेताको कार्यकर्ता नछान्नु होस्
हालै सबैगाठेहरू नमस्कार भनी आउनेछ
खुट्टा धोगेरदण्डवटगरी आउनेछ
काका काकी ठूलो बाबा,बाजेको नाता जोडेर
घरको आँगनमा चिया खानेबेला टुप्पुलुक आउँछ
तपाईले नाईनास्ती गर्न नसक्नेगरी धाउनेछ
स्वयम्वुमा वाँदरले झै केरा र मकै लुट्नआउँछ
होस् गर्नुस् , मतकुख्यातहरूलाई पर्ला !
हेर्नुस् खानाबाध्य भै पकाई ख्वाउनुपर्नेछ !
बाघलाई मासुख्वाउनु एकदिन खान्छ तपाईलाई
बाघ थुनेको ढोका थुन्न नविर्स ल है जोखिम छ,
बलकलले मतथुटेरलग्छन् बौ को विहे देखाउँछ
दिनमै लुटाहाहरूले हातको मतथुटेर लग्नेछ
खानुसम्मखाएर अघाएकाहरू नै आउनेछ ,
अघिलो मतबाक्स फेर्ने र मतवेच्ने दलाल पार्टीलाईहराऔँ ,
तपाईको मन फलामकाट्ने फालि वनाईवस्नु
नेपालीले राम्रालाईमत दिएर छानौ  
अत्याचारीलाईमत दिएरपश्चाताप नहोऔ ।
कुमार लघु , भक्तपुर
२०७८÷१२÷११गते

Comments