ती मारिन्छन


चैत ९, २०७८, बुधबार | विहान ०७:०९ बजे | 20


ती मारिन्छन

सुनील सापकोटा
जो सत्य बोल्छन
आजको समयमा ति  मारिन्छन
यस पागलपनमा जो उत्रिन्छन
ति  जेल चलान हुन्छन या मारिन्छन

गुंडाहरुको अन्याय र अत्याचार सहेर बस्नुहोस
कानुनको ढोका चाहर्नु भो भने मारिनु हुन्छ

नेताहरुले जे गर्छन् मौन दर्शक बन्नुहोस
 बिरोध या बिद्रोह न गर्नुहोस मारिनु हुन्छ

मन्दिर मस्जिद गिर्जाघर जान त जानुहोस
पाखन्डको बिरोध न गर्नुहोस मारिनु हुन्छ

रास्ट्रवादको अध्यन  मात्र गर्नुहोस
सच्चा रास्ट्रवादी हुनु भए मारिनु हुन्छ

जे गरेर होस जसरी होस पैसा कमाउनु होस
सत्य र नैतिकताको बाटोमा हिंड्नु भो भने
आजको समयमा मारिनु हुन्छ ।

Comments