भक्तपुरमा फेरि गरियो पर्यटक सूचना केन्द्र भवन उद्घाटन


चैत ७, २०७८, सोमबार | दिउँसो ०३:५० बजे | 30


भक्तपुरमा फेरि गरियो पर्यटक सूचना केन्द्र भवन उद्घाटन

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ सलाँगणेश स्थित पर्यटक सूचना केन्द्रको भवन उद्घाटन भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम विच सम्पन्न भयो । कार्यक्रममा उप प्रमुख रजनी जोशीले उपभोक्ता समिति मार्फत सम्पदा पुनः निर्माण भएको सराहनिय कुरा भएको बताउनुभयो । उहाँले भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्नको लागि पुर्खाले बनाएका सांस्कृतिक सम्पदा संरक्षण र संवद्र्धनको लागि नगरवासी एकजुट भइ हातेमालो गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । नगरपालिकाले संचालन गरेको अक्सिजन प्लान्टको लागि जनताले सहयोग गरेको कुरालाई इतिहासले सदा सम्झिने समेत बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले स्वदेशी तथा विदेशी पर्यटकलाई भक्तपुरको जानकारी दिने उद्देश्यले पर्यटक सूचना केन्द्र निर्माण गरिएको बताउनुभयो । साथै उहाँले परम्परागत जीवनशैली र संस्कृति तथा सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने समेत कुरामा जोड दिनुभयो ।
त्यस्तै पर्यटक सूचना केन्द्रका अधिकृत शरद खत्रीले अध्ययन तथा अनुसन्धान गर्ने व्यक्तिलाई नगरपालिकाले आवश्यक पर्यटकीय सूचना तथा तथ्यांक दिदै आइरहेको समेत बताउनुभयो । कोभिड १९ को कारणले थला परेको पर्यटन व्यवसाय विस्तारै सुधारउन्मुख हुदैं गएको बताउनुभयो ।
सोही कार्यक्रममा उप प्रमुख रजनी जोशीले उपभोक्ता समिति र अनुगमण तथा निरिक्षण समितिलाई धन्यवाद पत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।
पर्यटक सूचना केन्द निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर मानन्धरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा समितिका सदस्य पशुपतिमान थकुले स्वागत मन्तव्य दिनुभएको थियो ।

Comments