चारवटा वस्तुगत संघहरुको नवगठित कार्यसमिति सम्मानित


चैत ६, २०७८, आइतबार | दिउँसो १२:१४ बजे | 25


चारवटा वस्तुगत संघहरुको नवगठित कार्यसमिति सम्मानित

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघ अन्तर्गतको चारवटा वस्तुगत संघहरुको नवगठित कार्यसमितिहरुलाई आइतबार एक कार्यक्रम गरी स्वागत एवं बधाई कार्यक्रम गरिएको छ । भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुरका विभिन्न वस्तुगत संघहरुको चार वटा नवगठित कार्यसमिति भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघ, भक्तपुर अटोमोवाइल्स एसोसिएसन, भक्तपुर टेलरिंग व्यवसायी संघ र भक्तपुर मोवाइल व्यवसायी संघका अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गरी स्वागत तथा सम्मान गरेको हो ।
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सवै संघ र त्यसका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेका हुन् । कार्यक्रममा भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघका अध्यक्ष गंगाराम मानन्धर, भक्तपुर अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र खर्वुजा, भक्तपुर टेलरिंग व्यवसायी संघका अध्यक्ष गणेशभक्त गोसाई र भक्तपुर मोवाइल व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर नगरकोटीले संघ र वस्तुगत संघहरु मिलेर अगाडि वढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँं धोवञ्जा, आयोजक संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक राजेन्द्रप्रसाद प्रजापति, कार्यक्रमको प्रायोजक चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष गौतम सुजखूलगायतले पनि सहकार्यमा जोड दिएका थिए ।  






Comments