चुनाव आयो !


चैत ५, २०७८, शनिबार | दिउँसो ०३:१५ बजे | 25


चुनाव आयो !

डा राजेन्द्र कोजू
सबै पार्टीको झण्डा हलाउँदै आउँछन्
प्राडो पजेरोमा हुईकिँदै दैलोमा पुग्छन्
भए जति विकास  मैले गरेको भन्छन्
आगामी बजेट फेरि  विकासको भन्छन्

भोट त दिनै पर्याे ! तर कसलाई दिने त ?
राष्ट्रघातीलाई नदिनु ,भ्रष्टाचारीलाई नदिनु
कृतघ्नलाई नदिनु ,घमण्डीलाई पनि नदिनु
इमान बेच्ने र देश बेच्नेलाई पनि नदिनु ।

चुनाब आयो !
सबै पार्टीको झण्डा हलाउँदै आउँछन्
मुस्कुराउँदै माला लगाएर नै आउँछन्
तर ,भ्रममा नपर्नु होला नि तपाई फेरि
चित्र जस्तै चरित्र हुन्न ,आज जस्तै भोली हुन्न

बदलिन्छ मान्छेको नियत जीत पछि
फुर्किन्छ मान्छे तिम्रो भोटले जितेपछि
सालिक पनि मालिक बन्छ जीत पछि ।
माग्नेले पनि शानले मेरै भाग्यले भन्छ
भोटले र नोटले धेरै माथि उठाएपछि ।

चुनाब आयो !
अब सबै नुहुन थाल्छन् तिम्रो अगाडि
लजावति फूलझैं लजाउँछ अगाडि परेपछि
महंगा गाडी रोकिनेछन् तिमीलाई देखेपछि
धेरैले चिन्नेछन् बाटोमा तिमी लम्किँदै गर्दा
किनभने तिमी जिउँदैछौ ,एक भोट बाँकी छ ।

Comments