सकियो नव कविता वाचन कार्यक्रमको नवौँ शृङ्खला
चैत ५, २०७८, शनिबार | दिउँसो ०२:५४ बजे | 25
भक्तपुर । शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्र तथा प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजमा यही चैत ५ गते नव कविता वाचन कार्यक्रमको नवौँ शृङ्खला सम्पन्न भयो । डिल्लीराम गौतमको सभापतित्व तथा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा फागुसम्बन्धी कविताहरू वाचन गरिएका थिए । छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले सञ्चालन गर्नुभएको सो भर्चुअल कार्यक्रम जुममार्फत सम्पन्न गरिएको थियो । कार्यक्रममा हरि मञ्जुश्री, डा इन्दुल केसी, डिल्लीराम गौतम, बिरजा घिमिरे, पदम दाहाल, सुनिल सापकोटा, चन्द्रमान प्रधान, दामोदर घिमिरे, सहदेव पलान्चोके तथा जीवनाथ अधिकारीले विभिन्न छन्दमा कविता वाचन गर्नुभयो । वाचित कविताको पदम दाहालले सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो भने प्रमुख अतिथि हरि मञ्जुश्रीले प्रस्तुत कविताको चर्चा गर्दै आगामी चैत १२ गते शनिबार बनेपामा विभिन्न नौ व्यक्तित्वलाई शब्दयात्रा सम्मान अर्पण गरिने जानकारी गराउनुभयो ।