मजदुरको बार


चैत २, २०७८, बुधबार | विहान ०८:०० बजे | 30


मजदुरको बार

कुसुम थापा
आज गुड फ्राइडे अर्थात् नेपाली रूपान्तरणमा शुक्रबार । विद्यार्थीका लागि आधा छुटी, शिक्षकहरुलाई आधा काम । तर मजदुरलाई न त शुक्रबार न त आइतबार नै ।  
म पत्रकारिता विषयको विद्यार्थी हुँं । हरेक शुक्रबारको दिन हाम्रो सर कृष्ण किसी   व्यवहारिक कार्य गर्नका लागि भक्तपुरको झौखेल अन्तरगत ((पि. के र एल. पी) इँटा कारखाना लानुभयो । बिहानको करीब ६ः३० मा हामी इँटा कारखाना पुगेका थियौ । जाडो महिना भएकाले निकै चिसो थियो । त्यहाँको मजदुरहरु आधा रातदेखि उठेर काम गरिरहेका थिए । सरले हामीलाई  एकएक ठाउँमा छुटिएर रिपोर्टिङ गर्न आदेश दिनुभयो । म र मेरो दुई साथी एउटा बुढो बाजे रहर लामा र उनका छोरा दीपेन्द्र लामा इँटा परिरहेको ठाउँमा गयौ ं। वर्षसाल त्यहाँ काम गर्न आउने बाजे र उनका छोरा नमोबुद्ध, धुलिखेलदेखि आउने बताउनुभयो । घरमा परिवारको संख्या २१ जना रहेको बाजे रहरले बताउनुभयो । घरपरिवार संख्या धेरै भएकाले मौसमअनुसार वर्षको ६ महिना इँटा पार्ने  र ६ महिना गाउँघरमै खेतीपाती गर्ने उहाँहरूले वताउनुभयो । बिहान १२ बजेदेखि काममा खटिएका दुई मजदुरले दैनिक लगभग चार हजारसम्म इँटा पार्दा रहेछने । मंसिर महिनादेखी वैशाख महिनासम्म निरन्तर काम गरेपछि प्रतिव्यक्ति २ लाख जति कमाउने उहाँहरूले बताउनुभयो । बिहानी समयमा इँटा पारेर दिउँसोको समयमा जगाती भक्तपुरमा आफ्नै होटलमा काम गर्ने दीपेन्द्र लामाले बताउनुभयो । बिहानदेखी बेलुकासम्म खटिएर घरधन्दा चलाउने र आफ्नो नातानातिनी  लागि पढाउने उहाँहरूले बताउनुभयो । उनका नातानातिनीहरु ख्वप माध्यमिक विद्यालय देकोचा भक्तपुरस्थित कक्षा १२ मा पढिरहेको बाजे रहर लामाले बताउनुभयो । जतिसुकै गारो भए पनि आफ्नो परिवारको आबस्यकता पूरा गर्न विचार उहाँहरूले जानकारी दिनुभयो । हामीले रिपोर्टिङ गर्दागर्दै उहाँहरूले इँटा पार्न काम सक्नुभयो । उहाँहरूको भनाई र मेहेनतले हामी अभिप्रेरित भयौ ।

Comments