भक्तपुरको यातुमहादेव, लान्चाफल्चामा बजार अनुगमन


चैत १, २०७८, मङ्गलबार | विहान १०:५२ बजे | 20


भक्तपुरको यातुमहादेव, लान्चाफल्चामा बजार अनुगमन

भक्तपुर, १ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा यातुमहादेवदेखि लान्चाफल्चासम्म १० वटा पसलमा बजार अनगुमन गर्दा म्याद नाघेको सामानहरु धेरै पाइएको बताउनु भयो ।
अनुगमनमा एमबिएस स्टोरमा नगरपालिकाको दर्ता प्रमाणपत्र पसलमा नभएकोले दर्ता भएको भए प्रमाणपत्र लिई कार्यालयमा उपस्थित हुन निर्देशन दिई मुल्य सूचि राख्न, विक्रि विल प्यान वा भ्याट विल प्रयोग गर्न र प्याकेजिड्ड सामानमा खाद्य विभागमा अनुज्ञा पत्र लिई लेवल राखी मात्र बिक्रिवितरण गर्न, म्याद नाघेको सामानहरु प्रकृति मैदा ३ पाकेट, सौर्य पाउरोटी १ वटा, उत्सब पाउरोटी १ वटा, मारि विस्कुट १ पाकेट, रियल जुस ६ वटा, लेय्ज १ बासक, श्रीखण्ड क्रिम १ वटा जफत गरि नष्ट गरियो ।
मञ्जु स्टोर तीन दिन भित्र दर्ता गर्न, साइन बोर्ड राख्न, मुल्य सूचि राख्न, प्याकेजिड्ड सामानमा खाद्य विभागमा अनुज्ञा पत्र लिई लेवल राखी मात्र बिक्रिवितरण गर्न, प्यानमा दर्ता गर्न, ढक तराजु नविकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु गौरी शंकर भुजा ९ पाकेट, हजुर फुरनदाना ३ पाकेट, चक्की आटा ५ पाकेट, बेहुली सोयाबिन मस्यौदा ३ पाकेट, डाबर हनि १ वटा, जम्बो ड्यू २ वटा र ६०० मिलिको १७ वटा, जम्बो कोक १ वटा ५०० मिलिको ४ वटा, जम्बो फाण्टा १ वटा र ५०० मिलिको ७ वटा, जम्बो स्प्राइट २ वटा, टप विस्कुट २४ पाकेट, गरम मसला ३ बटा, मारी विस्कुट ठूलो ५ पाकेट र सानो ८ पाकेट, डाइजेष्टिभ विस्कुट ७ पाकेट, कोकोनट विस्कुट ४ पाकेट, मोनाको विस्कुट १ पाकेट, खजुरी विस्कुट १ पाकेट जफत गरी नष्ट गरियो साथै तराजु १ जफत गरी तीन दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
क्रिष्टल किराना पसलमा मुल्य सुचि राख्ने, म्याद नाघेको जम्बो फाण्टा ४ वटा, जम्बो कोक १८ वटा, मुगी २ पाकेट जफत गरी नष्ट गरियो भने तराजु नापतौल विभागमा नविकरण गर्न र सरसफाईमा ध्यान दिन निर्देशन दिई भक्तपुर नगरपालिकालाई चा“गु नगरपालिका लेखिराखेकोको साइनबोर्ड हटाउन लगाएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।


Comments