भक्तपुरका मिनिमार्टहरुमा अनुगमन


फाल्गुन ३०, २०७८, सोमबार | दिउँसो १२:५० बजे | 30


भक्तपुरका मिनिमार्टहरुमा अनुगमन

भक्तपुर, ३० फागुण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भनपा ९ देगइना ३ वटा मिनिमार्टमा अनुगमन भयो ।
अनुगमनमा गार्डेन मार्ट तीन दिन भित्र नविकरण गर्न, सफाई शुल्क तिर्न र प्याकेजिड्ड सामानमा खाद्य विभागमा अनुज्ञा पत्र लिई लेवल राखी मात्र बिक्रिवितरण गर्न, म्याद नाघेको गौमेट भिक्ना १ पाकेट, चिकेन नगेटस् १ पाकेट, चिकेन फिड्डर १ पाकेट, पोर्क मिन्स ३ पाकेट जफत गरी नष्ट गरियो भने गार्डेन मार्टका स्टाफहरुले यो बहुउद्देश्यीय सहकारी संस्थाबाट संचालन भएकोेले नविकरण गरि नदिएकोले मात्र नविकरण नभएको र सफाई शुल्क समेत नलिएको बताउनु भयो । इजि मल्टि स्टोर दर्ता नविकरण गर्न र म्याद नाघेको सामानहरु ओनिअन रिड्ड १ पाकेट, कालो मरिच १० पाकेट र रोजमेरी पिजा मसला ७ बट्टा जफत गरी नष्ट गर्न निजलाई निर्देशन दियो । सफ्ट ग्रीन टे«डिड्ड प्रा.लि. पसल नया“, सफा र व्यवस्थित भए पनि म्याद नाघेकोको समानहरु जम्बो स्प्राइट ७ वटा, फाण्टा १ वटा जफत गरी नष्ट गर्न निजलाई निर्देशन दिई समय समयमा म्याद नाघेको सामानहरु चेकजा“च गरी छुट्टै राख्न निर्देशन दिएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बतायो ।
अनुगमन समितिका रोशन मैंया सुवाल, भनपा श्यानिटेश प्रमुख न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका अर्जुन खाईतू, उद्योग बाणिज्य संघका राजु त्वानाबासु, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवा“ र राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापाको सहभागी थियो ।



Comments