भक्तपुरमा ढक तराजु नविकरणमा पाँंच सय भन्दा बढी व्यवसायीहरुले लिए सेवा


फाल्गुन ३०, २०७८, सोमबार | विहान १०:३९ बजे | 20


भक्तपुरमा ढक तराजु नविकरणमा पाँंच सय भन्दा बढी व्यवसायीहरुले लिए सेवा

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघको पहलमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटी ढक तराजु नविकरण तथा दर्ता कार्य समपन्न भएको छ  ।
गत फागुन २२ गते आइतबार टोलीले  भ.न.पा.–३, बंशगोपालमा बसेर सेवा दिएको थियो । सो दिन ६० भन्दा बढी व्यवसायीले सेवा लिएका थिए ।
त्यस्तै दोस्रो दिन भ.न.पा.–५, सुकुलढोका क्षेत्रबाट पनि ७० जना भन्दा बढी व्यवसायीले सेवा प्राप्त गरेका थिए । तेस्रो दिन भ.न.पा वडा नं. ९ दतात्रयमा ६० जना व्यवसायीहरुले सेवा प्राप्त गरेका थिए ।
चौथौं दिन भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा १०३ जना व्यवसायीहरुले आफ्नो ढक तराजु नविकरण र दर्ता गरि सेवा लिएका थिए ।
त्यस्तै पाचौं दिन सूर्यविनायक नगरपालिका वडा नं. ८ लक्ष्मी मार्केटमा ४० जना व्यवसायीहरुले सेवा प्राप्त गरेका थिए ।
छैटौं दिन मध्यपुर थिमी मिल रोडमा बसेको डोर टोलीले ७७ जना व्यवसायीहरुको ढक तराजु नविकरण र दर्ता गरिएको थियो भन सातौ दिन  डोर टोलीले शंखरधर चोकमा बसेर सेवा दिएको थियो । उक्त दिन १०० जनाले व्यवसायीहरुले सेवाल लिएका थिए ।   
ढक तराजु खरिद गर्दाको रसिद नभएको कारण तथा आवश्यक कागजात नहुँदा र म्याद गुज्रेको कारण करिब ३०० भन्दा बढी व्यवसायीहरू सेवाबाट बञ्चित हुनुपरेको थियो ।  अहिले नयाँ ढक तराजु खरिद गरेपछि खरिद गरेको ३५ दिन भित्र नेपाल गुणस्तर तथा नापतौल बिभागमा दर्ता गरी समयमै नविकरण गर्नु पर्दछ । यदि म्याद नाघेको खण्डमा १ बर्ष कैद तथा रु. १०,०००।– जरिवाना असुल गर्ने व्यवस्था रहेको छ ।  उक्त म्याद नाघेका र पुरानो विल नभएका व्यवसायीहरुलाई आवश्यक दस्तुर तिर नविकरण र दर्ता गर्नेतर्फ पहरल भैरहेका जानकारी भक्तपुर उद्योग वाणिज्य संघका सचिव एवं अनुगमन समितिका संयोजक विश्वराम दुवालले जानकारी दिए ।
भक्तपुर नगरपालिका क्षेत्रमा भक्तपुर उद्योग वाणिज्य संघ एवं भक्तपुर नगरपालिकाको समन्वयमा नेपाल गुणस्तर तथा नापतौल विभागबाट डोर टोली खटी ढक तराजु नविकरण तथा दर्ता कार्य भएको थियो ।

Comments