घरेलु महासंघको उपाध्यक्षमा कटुवाल निर्वाचित


फाल्गुन २९, २०७८, आइतबार | दिउँसो ०२:१६ बजे | 10


घरेलु महासंघको उपाध्यक्षमा कटुवाल निर्वाचित

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औ राष्ट्रिय अधिबेशनबाट ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवाल बस्तुगत उपाध्यक्षमा निर्वाचित हुन सफल भएका छन् । कटुवाल नेपाल चेम्बर अफ कमर्स रोजगारदाता समितिको सहसभापतिसमेत रहेका छन् ।
कार्यस्थलमा काम गर्ने कामदारको लागि सुरक्षा उपकरणको प्रयोग अनिवार्य गरिनुपर्ने र कामदारलगायत साना व्यवसायीको हितमा ऐन कानुन बनाएर लागु गरिनुपर्ने माग राख्दै ग्रील व्यवसायमा होमिएका कटुवाल विभिन्न संघसंस्थामा सक्रिय भएर लागिपरेका छन् । नेपालका ठूला साना सबै कार्यक्षेत्रमा कामदार सञ्चालकको हितमा काम गरि उपभोक्तालाई ध्यानमा राखी ऐन कानुन बनाएर व्यापक प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको अध्यक्ष कटुवाल बताएका छन् ।
दुर्घटना भएपछि उद्योग सिल गर्नु भन्दा पनि घटना हुन नदिने गरी काम गर्नु पर्नेमा उनको जोड छ । सामान्य सुरक्षा सामग्री प्रयोग नगर्दा दीर्घकालीन रुपमा पनि मानिसको स्वास्थ्यमा तत्कालै र दीर्घकालीन रुपमा असर देखिएकोमा त्यसलाई निवारण गर्नु पर्ने समेत कार्य बाँकी रहेको बताएका छन् । कुनै पनि उद्योग प्रतिष्ठानको उद्योग दर्ता गर्दा वा नवीकरण गर्दा सुरक्षालाई कार्यान्वयन नगर्नेलाई कारवार्ही व्यवस्था भएमा अलि प्रभावकारी हुने समेत उनको भनाई रहेको छ ।



Comments