सकियो निर्जिवन बीमाको आवश्यकता सम्बन्धी अभिमुखीकरण कार्यक्रम
फाल्गुन २९, २०७८, आइतबार | दिउँसो ०१:४५ बजे | 15
भक्तपुर । भक्तपुर चेम्बर अफ कमर्सले आज उद्योगी व्यवसायीका लागि निर्जिवन बीमाको आवश्यकताका विषयमा एक अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो । प्रमु इन्स्योरेन्स लिमिटेडको सहकार्यमा होटेल स्वीटहोममा आयोजना भएको उक्त कार्यक्रममा निर्जिवन बीमा क्षेत्रमा प्रभु इन्स्योरेन्सको भूमिकाका विषयमा अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्नुहुंदै भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले व्यवसायिक सुरक्षणका लागि बीमा अत्यावश्यक रहेको हुंदा यस विषयमा नियमितरुपमा सचेतना अभियान सञ्चालन गर्दै जानुपर्ने बताउनु भयो । साथै वहा“ले उद्यमी व्यवसायीलाई सहज सरल र गुणस्तरीय निर्जिवन बीमा सेवा प्रदान गराउन भक्तपुर चेम्बर अफ कमर्सले सहजिकरण सेवासञ्चालन गरी सकेको समेत कार्यक्रममा जानकारी गराउनु भयो ।
सोही अवसरमा बोल्नु हुंदै प्रभु इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्राचार्यले बीमा दाबी भुक्तानी सहज तरिकाबाट हुनेमा निर्धक हुन सहभागीहरुलाई अनुरोध गर्नु भयो । यसैगरी वहांले बीमा वापत् वार्षिक सानो रकम तिरेर आफ्नो सम्पत्ती सुरक्षित गर्न सकिने विषयले व्यवसायीलाई टाट पल्टिनबाट जोगाउन सकिने पनि बताउनु भयो ।
यसै गरी कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री कविदास धौबजी श्रेष्ठले विगतको तुलनामा बीमा क्षेत्र धेरै आधुनिक र स्तरीय भैसकेको बताउनु भयो । साथै वहा“ले भक्तपुर चेम्बर अफ कमर्सले उद्योग व्यवसाय प्रवद्र्धनका लागि गर्दै आएका विविध गतिविधिहरु मध्येमा बीमा सेवा सहजीकरणबाट धेरै व्यवसायीहरु लाभान्वित भएको बताउनु भयो ।
भक्तपुर जिल्लाका विभिन्न वस्तुगत संघसंस्था, सहकारी, उद्योग प्रतिष्ठानका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बीमाको आवश्यकता र प्रभु बैंकको भूमिका विषयमा प्रभु इन्योरेन्स लिमिटेडका श्री समिर तामाड्डले प्रस्तुतीकरण गर्नु भएको थियो ।
यस अघि मिति २०७८ फागुण ११ गते उद्यमी व्यवसायीहरुलाई सरल सुरल र गुणस्तरीय सेवा प्रदान गर्ने विषयमा भक्तपुर चेम्बर अफ कमर्स र प्रभु इन्स्योरेन्स लिमिटेडबीच काठमाडौंमा एक सहमती पत्रमा हस्ताक्षर समेत भएको थियो । उक्त सहमती पत्रमा भक्तपुर चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष श्री न्हुछे रत्न मानन्धर र प्रभु इन्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्राचार्यले हस्ताक्षर गर्नु भएको थियो । धन्यवाद ।