सहरको कथा ः लक्ष्मी कपास उद्योग
फाल्गुन २८, २०७८, शनिबार | विहान ०३:०४ बजे | 25
कुमार लघु
लक्ष्मी कपास उध्योग हालै भक्तपुरको सानो उद्योगेमा आफ्नै भवनमा राखेर चलाउन थालिएको छ । यो कपास उध्योग राख्नलाई दुःखकष्टको कुरा गरिसाध्य छैन् । यो अवस्थासम्म ल्याउनलाई प्रोपईटर कृष्णलाल याकामीले जीवनमा दुःख कष्टको कुनै परवाह गरेन । उध्योगको रूपमा लानलाई कृष्णलाल याकामीले रातदिन मेहनत गरी लक्ष्मी कपास कारखानाको रूपमा स्थापित गरेर चलाउँदै हुनुहुन्छ । यो संचानल गर्न सपरिवार लाग्नुभएको छ ।
उहाँले पैसा त के कमाउनु जनतालाई चाहिने वस्तुहरू सिरक, डस्ना ,तकिया, चकती अडर बमोजिम तयार पारेर घरमा खुव पु–याउनु भयो । जनताको निम्ती विभिन्न खालको सरसामानहरू तयार पार्नलाई उहाँ र परिवारका सदस्यहरू तलिन र काममा सक्रीय छन् । कलकारखाना चलाउनलाई मजदुर खोज्नलाई नेपालवाट भारत पुग्नुभयो । कपास वनाउने मेशिन र मजदुर ल्याउन सफल हुनु थियो । हाल प्रगतितिर लागिरहेको आनन्दको कुरा सुनाउनु हुन्छ । दुःख पनि निकै खाइयो ।
कपासका १ नम्वरदेखि ३ नम्वरसम्मको कपास प्रयोग गरी नचबबजबपले अडर गरे बमोजिम सानाहरू तयार गरी अहिलेसम्म पनि ग्राहाक सन्तोष गर्न खपिस हुनुहुन्छ । यदि तपाईहरूलाई चाहिन्छ भन्ने व्यासी सानो उध्योगमा वनाएको सामान अडर गर्नु हुन्छ भने फोन नम्वर ९८४१६०४२६२ का सम्पर्क गर्न सक्नु हुन्छ । उहाँ र उहाँका परिवार मिलनशार र मेहनत मन पराउने नेवार हुनुहुन्छ ।
आफ्नै उध्योग भए पनि मासिकरूपमा बाहालहरू तिरी रहनुपर्छ । उहाँको लक्ष्मी कपास उध्योगको कपासले वनेको हर सामान ठूलठूला होटेल, रेष्टुरेन्ट, छात्राबास र विहानै सामान पु–याउने गर्नुहुन्थो । उहाँको दुई छोाहरू अर्जुन, रोसन, छोरी दुईले र आमा लक्ष्मीले हेर्ने गर्दै आउनु भएको छ । कपास भारतवाट र कपास वनाउने कपडा कालिमाटीवाट ल्याउने गर्नुहुन्छ । मजदुरहरू राखेर सिरक डस्ना सिरनी र चकटिहरू वनाई बजारको पसलपसलमा मिनीटाटा र ट्याकटरहरूमा राखेर सप्लाई गर्दै आउनु भएको छ । कपासको सरसामानहरू जाडो मौसममा आवश्यक छ । कुनै परिवार वसाई सर्ने वेला नयाँ ओड्ने ओछ्याउने सामानहरू आवश्यक हुन्छ । त्यही वेला कारखाना डस्ना वनाउने याद हुने हुन्छ ।
पहिले आफ्नै घरमा पनि चलायो । कपास सुपर,कालो आदी हुन्छ । सिरक डस्ना वनाउने वेला वनाउन लक्ष्मी कपास उध्योमा गएर रोजीरोजी वनाउन अनुरोध गर्नु भएको छ । कपास व्यवसाय पनि समाजलाई सेवाको रूपमा संचालन गरेको भन्नुहुन्छ । कपास कारखाना राखेर आएको पैसा के गर्नु हुन्छ भन्दा छोरोछोरीहरू पढाउने, लुगाफाटो राखिदिने र खानलाउन ठिकै छ भनेर भनुहुन्छ । साथी दौतरीहरूले पनि उहाँकामा डस्ना सिरक चकटी वनाउँदै लग्ने गरीरहनु हुन्छ । उहाँको सामानहरू वनेपा, भक्तपुर, काठमाण्डू, पाटन र पोखरामा अडर सरसामानहरू पु–र्याई रहनुहुन्छ । कपासहरमा कपास राख्न गइरहनुहुन्छ । हाल मजदुरहरूको राम्रो प्रबन्धहरू गरेर निरन्तर चलाइरहनु भएको छ ।
मैले सोधे कस्तो वेलामा सरसामानहरूको अडर आउँछ त भन्दा यो बाह्रै महिनामा अडर आइरहन्छ । उहाँले भक्तपुरको उध्योग वाणिज्य संघमा सदस्यता लिनुभएको छ । घरमा उध्योग संचानल गर्न भन्दा उध्योग क्षेत्रमा संचालन गर्दा बत्तिको प्रबन्धले राम्रो चलेको कुरा सुनाउनुभयो ।
उहाँको जन्म २०२५ सालमा हो । उहाँको बुबा महेशमान याकामी र आमा कृष्ण देवी याकामीको कोखमा जन्म लिनुभएको हो । उहाँको पुर्खाले पहिलेदेखि व्यापार व्यवसायमा लागेको परिवार हो । ठूलो परिवार भएकोले त्यो व्यवसायले कुनै असर पारेको थिएन् । किसान परिवरमा जन्मेर उध्योग क्षेत्रमा लागरे व्यवसायिक क्षेत्रमा कसिलो कदम चाल्नु भएको छ । उध्योग चलाउन मुश्किल छ । हडताल, मजदुरहरू भागिदिने ,वेतन पुगेन भनि नआउने , कच्चा सामानहरू नआउने यसले गर्दा उध्योग चलाउन समस्या आईरहेको हुन्छ । दुई वर्षसम्म कोरोनाले गर्दा घातामा उध्योग संचालन गर्न बाध्य भयो । उध्योगले टेन्सन दिईरहन्छ । कहिले काहि त उध्योग नै वेचिदिऊ कि मनमा आउँछ । तर पनि जेनतेन चलाई रहेको छु भनि सटिक जवाफ दिन्छ्न् । उध्योग चलाउन परिवार नभएको भएमा चलाउन समस्या पैदा गर्छन् । उध्योगमा लाग्दा खाना खाने ठेगान हुदैन् । उध्योग राख्न सजिलो छ निरन्तरता दिन गाह्रो छ ।