नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ः गोर्खा इको प्यानलप्रति आकर्षण


फाल्गुन २७, २०७८, शुक्रबार | दिउँसो ०१:०७ बजे | 45


नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी ः गोर्खा इको प्यानलप्रति आकर्षण

काठमाडौ । शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा गोर्खा इको प्यानलको स्टलप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदशर्नीको पहिलो दिन नै गोर्खा इको प्यालनको स्टलमा हजारौ अवलोकनकर्ताले रुचिपूर्वक अवलोकन भ्रमण गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर सुरेश कवांले जानकारी दिए । पहिलो दिन भृकुटीमण्डपमै इन्जिनियरहरुको अधिवेशन सुरु भएकोले विशेष गरी ती इन्जिनियरहरुले अभिरुचिपूर्वक अवलोकन गरेको सीईओ कवांले जनाए । गोर्खा इको प्यालन नयाँं निर्माण सामाग्री हो ।  
गोर्खा इको प्यालन स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माणलगायतका कारण यो निर्माण सामाग्री पछिल्लो पटक लोकप्रिय छ । यही कारण गोर्खा इको प्यानल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै डिलरहरुमार्फत् देशभर विक्रीवितरण भइरहेका छन् ।
अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का ३०० भन्दा बढी ब्राण्डका १५० भन्दा बढी स्टल रहने छन् । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने र यस क्षेत्र माआउने नयाँ–नयाँप्रविधिका बारेमा जानकारी गराउन यो प्रदर्शनी बिगत ६ वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहेका छन् भने नेपाल इन्जिनियरिङ एसोसिएसन, निर्माण व्यवसायी महासंघलगायतका संस्थाहरुको सहयोग रहेकोे बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस, इन्टेरियर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आमनागरीकको उल्लेखनिय सहभागिता रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सहज उपलब्ध गराउने महत्वपूर्ण माध्यम हुने आयोजकले जनाएको छ ।




Comments