नगरव्यापी पछिमा बाजा ः नास हैमा बाजा खलः प्रथम
भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको भक्तपुर नगरव्यापी पछिमा बाजा प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं १ स्थित नास हैमा बाजा खलः प्रथम भएको छ । प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं ५ स्थ्ति खिछेँ दाफा भजन खलः द्वितीय भयो । त्यस्तै भक्तपुर नगरपालिका वडा नं ९ स्थित तचपाल मको गल्ली बाजा समूह तृतीय हुन सफल भए । प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं ७ स्थित सिद्धिगणेश बांसुरी बाजा समूह तथा भक्तपुर नगरपालिका वडा नं ६ स्थित श्री चोछें छुमा गणेश बांसुरी बाजा खलले सान्त्वना स्थान हासिल गर्न सफल भए ।
प्रतियोगिताका विजयी साँंस्कृतिक टोलीहरुलाई शुक्रबार साँंझ नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु. २० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, तँं १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार – नगद रु. १५ हजारकाका साथै पछिमा १ थान, सिछ्या १ थान, तँं १ थान, तृतीय पुरस्कार – नगद रु. १० हजारका साथै पछिमा १ थान, सिछ्या १ थान, दुई वटा सान्त्वना पुरस्कार – नगद रु. पाँचपाँंच हजारका साथै पछिमा १।१ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिएको थियो । उनीहरुलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले एक समारोहवीच पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा ७ जनाको टोली निर्णायक मण्डलको रुपमा थिए । उनीहरु मञ्चका साथै नगर परिक्रमाका क्रममा पनि विभिन्न तीन ठाउँंहरुमा वसेर मूल्यांकन गरेका थिए । बोल र तालमा ३०, प्रष्टतामा २०, भेषभूषामा १०, हाउभाउ र प्रस्तुतिमा १०, समयको परिपालनामा पाँंच र अनुशाशनमा पाँंच गरी मञ्चमा कुल ८० र बाहिर नगर परिक्रमा गर्दा २० गरी कुल एक सय नम्वर राखेर मूल्यांकनको नियम बनाइएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले बाँसुरी बाजा, धिमाय् बाजा र धाँ बाजा प्रतियोगिताको आयोजना गरिसकेको र यसवर्ष नगरव्यापी पछिमा बाजा प्रतियोगिताको आयोजना गरेको बताए ।
यसअघि प्रतियोगिताको उद्घाटन गरिएको थियो । नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. ९ दत्तात्रयमा बेलुन उडाएर ¥यालीको उदघाटन गरेका थिए । ¥याली सुरु हुनु अघि भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले पनि कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए ।
¥यालीमा भक्तपुर नपाका जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, सहकारी संस्थाहरु, टीम, क्लब, पुस्तकालय, संघसंस्था, संस्कृतिप्रेमी, भक्तपुर नपाका कर्मचारीहरु र सहभागी सांस्कृतिक टोलीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगिताका साँंस्कृतिक टोलीहरु भक्तपुर नगरपालिका वडा नं ३ दतात्रयमा विहान १० बजे नै भेला भई बाजा बजाउन सुरु गरेका थिए । त्यहाँंबाट बाजा बजाई उनीहरुले नगर परिक्रमा गरेका थिए । ¥याली दतात्रयबाट सुरु भएको थियो । दतात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, क्वाछेँ, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, खौमा हुँदै नगर परिक्रमा गरी भक्तपुर दरबार क्षेत्रमा पुगी सभामा परिणत भएको थियो ।
भक्तपुर नगरपालिका वडा नं ३ दरवार क्षेत्रमा पुगेपछि उनीहरु सवै टोलीले पालैपालो मञ्चमा गई बाजा बजाएका थिए । प्रतियोगितामा भक्तपुर नगरपालिका वडा नं १ देखि १० सम्म गरी नगरभित्रका ३५ वटा पछिमा बाजा समूहहरुले सहभागिताका लागि नाम दर्ता गराएकोमा ३३ वटा बाजा टोलीले भाग लिएको आयोजकले जनाएको छ ।
दरवार क्षेत्रको मञ्चमा सवै टोली पुगेपछि गोलाप्रथाद्धारा प्रत्येक टोलीलाई ६।६ मिनेटका समय दिई बाजा बजाउन लगाएको थियो । बाजा प्रतियोगित हेर्न दरवार क्षेत्रमा दिनभर हजारौ नगरबासीको सहभागिता रहेको थियो । प्रतियोगिता साँंझ मात्रै सकिएको थियो ।
दरवार क्षेत्रमा पुगेपछि फेरि प्रतियोगिताको उदघाटन गरिएको थियो । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।