महिला अधिकार र सशक्तिकरण सम्बन्धी अन्तरक्रिया


फाल्गुन २६, २०७८, बिहीबार | दिउँसो ०३:२४ बजे | 30


महिला अधिकार र सशक्तिकरण सम्बन्धी अन्तरक्रिया

भक्तपुर । जिल्ला प्रशासन कार्यालय तथा भक्तपुर उद्योग वाणिज्य संघले महानगरीय प्रहरी परिसर भक्तपुरको सहयोगमा नारी दिवसको अवसरमा महिला अधिकार र सशक्तिकरण, लैङ्गिक हिंसा र कानूनी उपचार विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष शिव प्रसाद मानन्धरले महिलाहरुलाई हर क्षेत्रमा जागरुक भई पुरुष सरह नै अघि बढन प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । महिलाहरुले आफूलाई घर गृहस्थीमा मात्र सिमित नराखी व्यवसायिक क्षमताको विकास गरी प्रतिस्पर्धी बनाउँदै लानुपर्ने सुझाव दिनुभयो । संघले महिला सशक्तिकरणका लािग उपयोगी हुने यस्तै कार्यक्रमहरु भ्विष्यमा पनि गर्दै जाने कुरा बताउनुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्माले महिला अधिकार तथा सशक्तिकरणकोबारेमा प्रस्तुतीकरण गर्नु भएको थियो भने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरिक्षक शिवकुमार श्रेष्ठले लैङ्गिक हिंसा र यसको कानूनी उपचारबारे विस्तृत जानकारी गराउनु भएको थियो । अन्तरक्रिया कार्यक्रममा संघका कानूनी सल्लाहकार अधिवक्ता अनिता जधारी तथा नेपाल जेसीज्का कार्यकारी उपाध्यक्ष  रमा प्याकुरेलले पनि महिलाहक अधिकार र समस्याबारे विचार राख्नु भएको थियो । त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोशनी मैया धौबञ्जा, उपाध्यक्ष, कृष्ण मुरारी न्यौपाने, कार्य समिति सदस्य एवं कार्यक्रमका संयोजक श्री यावल्ल तथा कार्य समिति सदस्य मधुसुदन खडकाले पनि आ–आफ्नो विचार राख्नु भएको थियो । कार्यक्रममा विभिन्न पेशामा रहेको करिब ६० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Comments