लेखनाथ महोत्सव सुरु
फाल्गुन २६, २०७८, बिहीबार | दिउँसो ०२:०२ बजे | 25
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी उत्पादनलाई जोड दिएको बताएका छन् । स्वदेशमै उत्पादित सामानको प्रबद्र्धन तथा वजार विस्तारका लागि सकरारले नीति बनाउन लागेको उनले बताए ।
१७ औं लेखनाथ महोत्सवको विहबिार लेखनाथमा उदघाटन गर्दै मन्त्री शर्माले स्वदेशमै उत्पादित इको प्यानललाई प्रबद्र्धन तथा विस्तार लागि सरकार लागिपरेको बताए । स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने स्वदेशमै वनेका नयाँं निर्माण सामाग्रीको रुपमा रहेका इको प्यानलहरुको प्रयोग गरी आयातलाई प्रतिस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री शर्माले खाद्यान्नदेखि विलासिताका बस्तुहरुको आयातमा मुलुकको ठूलो आर्थिक हिस्सा खर्चनु पर्दा विदेशी मुद्राको संचिती घटेको उल्लेख गर्दै परनिर्भरता बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।
निजी क्षेत्र सरकारको ७० प्रतिशतको साँझेदार भएको उल्लेख गर्दै उनले आत्मनिर्भर हुने परियोजनामा राज्यले छुटको व्यवस्था समेत गरेको बताए ।
मन्त्री शर्माले पोखरा देखी काठमाण्डौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको उल्लेख गर्दै, अहिलेको सडक विस्तार योजनामा भएका त्रुटीलाई सुधार गरेर अघि वढ्ने बताए ।
नेपाल इको प्यानलको मुख्य प्रायोजनमा महोत्सव सुरु भएको हो । महोत्सव चैत्र ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् । मनोरञ्जनका लागि बालउद्यान, युवा पुस्ताका लागि गायन, लोकदोहोरी, महिलाहरुको रत्यौली गीत प्रतियोगितासहित दैनिक स्टेजमा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएका छन् ।
कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं संघीय सांसद खगराज अधिकारी, नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वमन्त्री एवं नेपाली काग्रेसका नेता यज्ञवहादुर थापा, संघका अध्यक्ष छत्रधर आत्रेय, नेपाली काग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर बराल, नेकपा माओवादी केन्द्र कास्कीका नेता बखान सिंह तमु, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराम पोखरेल, इको प्यानल नेपालका सुवोध त्रिपाठी, लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका पराजुलीलगायतले महोत्सवका सम्वन्धमा आआफनो धारणा व्यक्त गरेका थिए ।