क्षयरोग निवारण भक्तपुरको अभिमुखिकरण कार्यक्रम सम्पन्न


फाल्गुन २५, २०७८, बुधबार | दिउँसो १२:०० बजे | 5


क्षयरोग निवारण भक्तपुरको अभिमुखिकरण कार्यक्रम सम्पन्न

भक्तपुर । “क्षयरोगीलाई उपचार र अधिकारको सुनिश्चितता, क्षयरोग नियन्त्रण आजको आवश्यकता” भने नाराका साथ नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले आज एनटीसी परियोजनाको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अतिथि राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव मुक्ति खनालले अव टीवीलाई रोकथाम होईन उन्मुलनै पार्ने हो भनुभयो । यसका लागि नेपाल सरकार तयार रहेको जानकारी दिदैं सरकारले टीवी ३ भनेर कार्यक्रम नै ल्याएको बताउँनु भयो । अव नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारले टीवी उन्मुलनको लागि बजेटहरु छुट्याएर काम गर्नु पर्ने र केन्द्रिय सरकारबाट पनि बजेटको ब्यवस्था गरिने जानकारी दिनुभयो । टीवी उन्मुलनको लागि बिशेष गरेर स्थानिय सरकार लाग्नु पर्ने पनि बताउनु भयो ।
त्यस्तै कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्थका केन्द्रिय सदश्य महेन्द्रगोपाल कर्माचार्यले नेपाल क्षयरोग निवारण संस्थले भक्तपुरमा स्थापनाकाल देखि गर्दै आएको कामका बारेमा जानकारी दिनुभयो । काम गर्दै गर्दा झेल्नु परेको समस्याहरुका बावजुद पनि संस्थाले धेरै सफलता प्राप्त गर्न सकेको बताउँनु भयो ।
 त्यस्तै कार्यक्रममा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले टीवी रोग उन्मूलनका लागि समुदायस्तरमा टीवी भएको ब्यक्ति पहिचान गरि उपचारमा ल्याउन सके चाँडै लक्ष्य प्राप्ती हुने बताउँनु भयो ।
कार्यक्रममा उपसभापति सुरेश प्रधानले एजटीसी परियोजनाका अन्तर्गत गत बर्ष देखि संस्थाले गर्दै आएको कार्यक्रमहरु र आगामी कार्यक्रमहरुको बारेमा सम्पूर्ण जानकारी दिनुभयो । काय्रक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत उपस्थिति थियो ।
कार्यक्रम राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र थिमि र नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको संयुक्त आयोजनामा भक्तपुर जिससको हलमा आज सम्पन्न गरेको हो ।

Comments