फागुन २७ गते नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुँदै


2022-03-09 11:24:12

News Image

भक्तपुरको सास्कृतिक विधाहरुको संरक्षण सम्र्बद्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०७८ फागुन २७ गते, शुक्रबार भक्तपुर दरवार क्षेत्र लायकुमा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुँदैछ । सोही अवसरमा आज नगरपालिकाले नगरस्तरीय पछिमा बाजा प्रतियोगिताका सहभागी टोलीहरुको भेला कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले नगरपालिकाको आयोजना गर्दै आएको सांस्कृतिक प्रतियोगिताहरुले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुरको ख्वप मोडलबारे चर्चा गर्नुहुँदै उहाँले नगरपालिकाले नगरको सन्तुलित विकास र आर्थिक पारदर्शिकता र अनुशासनमा विशेष जोड दिँदै आएको बताउनुभयो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेका अधिकांश सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको अवगत गराउनुहुँदै उहाँले स्वास्थ्य, शिक्षा, फोहोर व्यवस्थापन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत समग्र विकासमा भक्तपुर नगरपालिका नमुना बनिरहेको बताउनुभयो ।
उपभोक्ता समितिमार्फत् काम गराउँदा स्थानीयले नै रोजगारी पाउने र सम्पदाप्रति अपनत्व महसुस हुने हुँदा भक्तपुर नपाले उपभोक्ता मोडललाई नै जोड दिँदै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्रतियोगिताका नियमहरुमाथि प्रष्ट पार्नुहुँदै प्रथम हुनेलाई प्रथम पुरस्कार  नगद रु. २०,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, त“ १ थान, बाँसुरी ४ थान, द्वितीय पुरस्कार – नगद रु. १५,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, त“ १ थान, तृतीय पुरस्कार – नगद रु. १०,०००। का साथै पछिमा १ थान, सिछ्या १ थान, सान्त्वना पुरस्कार – नगद रु. ५,०००। का साथै पछिमा १ थान, सान्त्वना पुरस्कार – नगद रु. ५,०००। का साथ पछिमा १ थान र प्रत्येक सहभागी टोलीलाई पछिमा बाजा १÷१ थान प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले प्रतियोगितालाई भव्य र सफल पार्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।



Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *