ललितपुर – १६ मा मेला नै मेला
फाल्गुन २५, २०७८, बुधबार | विहान ११:०५ बजे | 20
ललितपुर । ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले १ सय १२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा यही फागुण २७ गते शुक्रबार महिला उद्यमी मेला गर्ने भएको छ ।
महिला सशक्तिकरणको आधारः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ नेपाल हस्तकला महासंघ, ललितपुर उद्योग वाणिज्य संघ,नागबहाल टोल सुधार समिति र इलाननी टोल सुधार समितिसंग सहकार्य गरी यस मेला आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार भेटघाटमा बताइयो । मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।
स्थानीय महिला उद्यमी र व्यवसायीद्वारा उत्पादित र बिक्री वितरण गर्दै आएको सामग्रीको प्रर्वद्धन गरी महिला उद्यमशीलतालाई प्रर्वद्धन गर्ने यस मेलाको मुख्य उद्देश्य रहेको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यका अनुसार हस्तकला, संस्कृति, कलाकार, फोटोग्राफी, संगीत र समाजका विविध क्षेत्रमा क्रियाशील स्थानीय प्रतिभा पहिचान गर्ने र लुकेका प्रतिभा प्रस्फ्ुटन गराउने पनि मेलाको उद्देश्य रहेको छ।
मेलामा स्थानीय महिला समूह र विभिन्न सहकारीहरुले उत्पादन गरेका काष्ठकला, गरगहना, कपडा, धातुका मूर्तिहरु, दैनिक प्रयोगका सामग्रीहरु, खाद्य सामग्री, लत्ता कपडा र सज्जावटका सामग्रीहरुहरुको गरी ५१ वटा स्टल नागबहालमा रहने छ । त्यसका साथै हस्तकलाका सामग्रीको सहुलियत दरमा बिक्री वितरण गर्ने स्टलहरु पनि रहने वडाले जनाएको छ ।
हस्तकला महासंघद्वारा हस्तकला प्याभीलोन, ललितपुर उद्योग वाणिज्य संघले ललितपुरमा उत्पादित सामग्रीको प्रर्वद्धन गर्न अघि सारेको मेड इन ललितपुरको अवधारणा अनुरुप मेड इन ललितपुर प्याभीलोन रहनेछ।हस्तकलाजन्य सामग्री उत्पादनको जीवन्त प्रदर्शनी पनि देखाइने महासंघका उपाध्यक्ष रविन शाक्यले जानकारी दिनुभयो ।
विश्वप्रसिद्ध हिरण्यवर्ण महाविहार परिसर इलाननीमा नेवाः खाजाका विविध स्टलहरु रहने छ । मेलाबाट नेवारी खाजाको ब्राण्डिङमा सहयोग पु¥याउने हाम्रो विश्वास रहेको छ।तीन दिने मेलाको हरेक दिन सांगीतिक क्षेत्र ख्याति प्राप्त कुटुम्ब ब्याण्ड र प्रोजेक्ट बाजाको विशेष सांगितिक प्रस्तुती गरिने छ।वडाद्वारा गत वर्ष फेशन डिजाईन सिलाई सम्बन्धी तालिम लिएकाहरुबाट ‘ फेसन शो’, फोटोग्राफी र चित्रकलाको प्रदर्शनी पनि मेला अवधिभर हुनेछ।यससंगै वडाभित्र पर्ने अर्मूत संस्कृति, कला, सम्पदा संरक्षणको सन्देश प्रवाह गर्ने कार्यक्रम हुनेछ।नागबहालको भंसाछें सभाहलमा महिला उद्यमशीलताका चुनौती र अवसर, हस्तकला क्षेत्रमा महिला विषयमा प्यानल छलफल हुने वडाले जनाएको छ ।
वडाले यस अघि २०७४ साल असोज ५ देखि ११ गतेसम्म दशै मेला, २०७५ साल चैत्र १३ गतेदेखि १७ गतेसम्म कला र संस्कृति महोत्सव, वडा सहयोगी भूमिका रुपमा २०७५ असोज र २०७६ असोज १२ देखि १६ गतेसम्म बुबहालमा दशै मेला, २०७६ फागुणमा १७ मंगलबजारमा युवा मेला सम्पन्न भएको थियो। ‘ कहिले वडाले स्वयंमले त कहिले मेला आयोजक गर्ने संघसंस्थालाई सहयोग उपलब्ध गराई वडामा मेला आयोजनालाई प्राथमिकतामा राख्दै आएको छौं।यसले मानवीय विकास र सामाजिक विकासमा राम्रो प्रभाव पार्ने हाम्रो विश्वास रहेको छ ।’ वडाध्यक्ष शाक्यले भन्नुभयो ।
वडामा जनप्रतिनिधि बहाल भएदेखि नैं पूर्वाधार विकासका अतिरिक्त मानवीय विकासलाई पनि प्राथमिकतामा राख्दै आएको पनि वडाअध्यक्ष शाक्यको भनाई रहेको छ ।
<!--[if gte mso 9]><xml>