लाशमाथि भएको त्यो नाटक


फाल्गुन २५, २०७८, बुधबार | विहान ०४:२८ बजे | 40


लाशमाथि भएको त्यो नाटक


मान्छे मर्दा र पर्दा काम लाग्नी हो भन्छन् तर यो भनाइमा मात्र सिमित छ यथाकथित यो भनाई मेल खाए पनि अधिकांसमा पर्दा (दुख) वास्तै नगर्ने  मर्दा सहानुभूतिको दुई थोपा देखावटी आसु झार्नेको भीड देखिन्छ । पर्दा खुचिङ बजाउने र कसैको प्रगति हुदा खुट्टा तान्ने प्रवृतिको हुन्छ मान्छे । व्यक्तिको एउटा सानो कमजोरीलाई हतियार बनाएर उसलाई त्यहीँ हतियार प्रयोग गरी बाहिर मिलेको जस्तो गरी आफू भन्दा सफल हुन नदिन र आफ्नो स्वार्थको निम्ति भित्रभित्रै सिध्याउन लागि परेको हुन्छन् मान्छे ।
                                    
✍ बलराम खवास सृजन                  
बुबाको साथीको धर्मपत्नीको निधन भएछ । बुबाको साथीको भने केही वर्ष अघि नै मृत्यु भैसकेको रहेछ । हाम्रो भन्दा निकै टाढा छ उनीहरुको घर । बुबाको स्वास्थस्थिति खराब भएको कारण मलामी जान सक्नु हुदैन थियो । बाले मलाई छोरा त मलामी जा भन्नू भयो । म यो भन्दा अगाडि कहिल्यै मलामी गएको थिइन ती माथी म अलि डराउने स्वभावको मान्छे त्यसैले मैले प्रतिकार गरे म जादिन अब हजुरको साथी न मैले चिन्नु त्यहा माथी मान्छे पोलेको हेर्न सक्दिन भो म जान्न  । बा ले मेरो कुरा भुइँमा खस्न नपाउदै भन्नू भयो जा न बाबू जा मेरो सुखदुःखको मिल्ने साथी को श्रीमती हुन  ्र सकेको भए म आफै जान्थे ।
म नगए नि  छोरो आएको छ भन्ने त हुन्छ जा न देखा परेर आइज अस्तु सेलाउनु जेल सम्म बस्नु पर्दैन पुगेर आइज त्यताका साथीहरू पनि छन्  हैन तेरो तिनीहरु पनि आउलान नि त । अब बा को वचन धेरै नकार्न सकिन जान तयार भए म हिड्ने बेला बाले भन्नु भयो ए सुन त मलामी गएर आएर फर्के पछि सिधै घर नछिर है सुन पानी छर्किनु पर्छ । ममि वा घरको कोहिलाई बोला आएछी ।
हस् हस् भन्दै म निस्किए अधेरी खोला भन्ने ठाउँमा म पुग्दा एकछिन अगाडि लास सहित धेरै मलामी हरु पुगिसकेका रहेछन् ।त्यहा सगै पढेको साथी पनि आएको रहेछ । प्राथिव शरीर भुइँमा राखिएको थियो मानिसहरू दाउराले चिता बनाउदै थिए ।सबै मानिसहरुमा दुखको भाव देखिन्थ्यो यो स्वभाविकनै थियो।छोराबुहारी आफुलाई समाल्न सकिरहेको थिएनन् अनि छोरिहरु आखाबाट आसुको धारा बगाइरहेका थिए।छोरा बुहारी यति भाव वियोगमा देखिन्थेकी उनिहरुको जति माया आफ्नो आमा बुबा सासू ससुरालाई अरु कसैले गर्दैनन् ।त्यहा यस्तो माहोल बनिरहेको थियो कि कोहि प्रतिष्ठित मान्छेको मृत्यु भएको छ प्राथिब शरीर लाई फुलमाला र दोसल्ला ले सजाइएको थियो। सबै विधि पूरा गरि चितामा लास राख्ने काम भयो अनि चितामा उसको छोरो जसले सेतो कपडा लगाएको र कपाल खौरिएको थियो उसले आगो लगायो। त्यस समयमा यति सम्म भयो कि जल्दै गएको लासमा आमा हामिलाई छोडेर नजानु भन्दै पटकपटक छोरो आगोमा हुमिन गइरहेको थियो। अरु मानिसहरु उसलाई समाल्दै थिए। मलाई त्यो दृश्य हेर्न गाह्रो भहिरहेको थियो। अनि साथी लाई अलिउत्ता गएर केही कुरा गरुम न  मैले भने कति भाग्यमानी हुनुहुदो रैछ  है उहाँ ! कति धेरै माया गर्नी छोरा बुहारी रैछन कति धेरै माया पाउनु भयो होला जिवित हुदा । साथीले लामो सुस्केरा हाल्दै भन्यो त्यो त समाज अनि मलामी हरुको अगाडि आफुले आमालाई धेरै माया गर्छु  भनेर देखाउन अनि दुनियाँ ले के भन्छन भनेर नाटक गरेर गोहिको आँसु झारेका हुन। जिउदो हुदा सुखको सास फेर्न दिएनन् मरेपछि चटक देखाउछन ।यति माया ज्युदो  छदा गरेको भए ती आमा अझै बाच्थिन मलाई यिनिहरुको बारेमा सब थाहा छ । अरे म अचम्म मा परे त्यहाँको माहोल र साथीले भनेको कुरा नितान्त फरक थियो । मैले सोधे भनन मलाई सबै कुरा उसले बेलिबिस्तारमा भन्न थाल्यो।
हरिनारायण (नाम परिवर्तन) उसको श्रीमान उनी जिउदो हुदा परिवारलाई दुखको कुनै आभास हुन दिएनन् । एउटा मात्र छोरो अनि दुई छोरी उचित लालनपालन र शिक्षा दिएर धुमधाम सग सबैको बिहे गरिदिए। छोरा बुहारी अनि नाति अनि  दुई जना बुढा बुढी सगै बस्थे। हरिनारायण हुदा केहिन केही गरेर घरको लागि थोरै भएनी आर्थिक सपोर्ट गर्थे त्यसैले नि होला छोरा बुहारीले राम्रो व्यवहार गर्थे ।जब उसको मृत्यु भयो  ती आमा एक्लि भइन। पतिको निधन भएको केही महिना सगै बसिन छोराबुहारी सगै त्यसपछि छोरा बुहारीलाई आमा घाँडो लाग्न थाल्यो।विभिन्न बाहाना बनाएर बुहारीले ती सासुलाई दुख दिन्थिन।बुहारिको,नातिको छोरोको लुगा धुन्थिन ।आफ्नो श्रीमानलाई गाली गरेको जस्तो बाहाना बनाएर ती सासुलाई भन्नू समेत भन्थिन त्यति गर्दा नि छोरो सुनेको नसुनेइ गरेर मात्र बसिरहन्थ्यो ।आमालाई यस्तो गर्नु,भन्नुहुन्न कहिले भनेन बरू उल्टो आमालाई बा बितेको धेरै वर्ष भयो अब सम्पती घर जग्गा मेरो नाममा गरिदिनु पर्छ आमा  भन्थ्यो ।दश धारा दूध पिलाएर हुर्काको छोरोनै आफ्नो जस्तो नभए पछि श्रीमानको श्री सम्पती छोराको नाममा गर्दिइन। अनि ती आमा एक्लै बस्न थालिन ।जति दुख भएनी छोराबुहारिले जस्तो व्यवहार गरेनी यस्तो गरे भनेर छरछिमेकीलाई कहिले भनिनन सधै खुसी भको झै गर्थिन। एउटा छोरो त हो किन एक्लै बस्नु परेको होला मीठो मीठो एक्लै बनाएर खाना बसेकि होलिन नि भनेर वरपरकाले कुरा काट्थे  तर वास्तविकता अर्कै थियो। एकल भत्ता आउथ्यो नुन,तेल,चामल त्यहिले किनेर गुजारा गर्थिन काम गर्न सक्दिन थिइन। छोरोको राम्रै आम्दानी थियो । सगै नराखेनी नबसेनी आमा लाई के चाहिन्छ? के कुराको अभाव छ ? भन्नू को त कुरै छाडौ  सन्चो बिसन्चो सोध्नी फुर्सद थिएन उसलाई। तर बुढी सग टिकटक मा लाइभ बस्ने नाच्ने उफ्रने समय चाई हुन्थ्यो उसलाई। साथी ले भन्दै गयो छरछिमेकिलाई चाई आमालाई एक्लै बस्न मन पर्छ रे , एक्लै बस्दा खुसी हुनुहुन्छ रे सगै बसौ भनेको मान्नु हुन्न त्यही पनि हामिले सगै नबसेनी आमा को सबै आवश्यकता पूरा गर्न कोसिस गरेका छौ भनेर दुनियाँको सामु माया गरे झै गर्थे। ती आमा बुढी हुँदै गइन स्वास्थ स्थिति पनि बिग्रदै गयो। एकदिन सार्है बिरामी भैछिन त्यो बेला तातो पानी तताएर दिनि नि कोइ भएन। औषधि किनेर खाने पैसा पनि थिएन भत्ता को पैसाले नुन भुटुनमै ठिक्क हुन्थ्यो। धेरै विरामी भएपछि छोरा सग गएर  बाबू  म हस्पिटल जानुपर्यो धेरै गार्हो भयो श्वास रोकिन लागिसक्यो  पैसा सुको छैन केही पैसा देन तिमीहरूले लग्नु पर्दैन म आफै जचाउन गएर  औषधि किनेर ल्याउछु  भए थोरै देउन । आमाको कुरा सुनेपछी छोरोले भन्यो नातिको स्कुल फि भोलि नतिरी नहुनी छ ,रिनको किस्त्ता नि तिर्नु छ केही समय पछि म आफै लग्दिउला अहिले म सग पैसा छैन चुपलागेर बसेर आराम गर्नु  भनेर आफ्नै समस्या देखाई टार्यो।जुन छोराको लागि खाई नखाई गरेर भएनि उसलाई हुर्काइन,उसलाई सानो चोट लाग्दा आमा आफ्नो मन दुखाउथिन,  निद्रा नपुगेर वा सामन्य केही भएर रोइदिदा मात्र पनि रात भरी नसुती आतिदै हस्पिटल कुदाउथिन आजा त्यही आमा छोरो सग औषधि किन्ने पैसा माग्दानी छोरो आफ्नै समस्याको पोको देखाउछ । बिचरा आमा रोगले झन् झन् थला परिन छोरोले न वास्ता गर्यो न हस्पिटल नै लग्यो ।अन्त्यमा यी आमा उपचार नपाएर मरिन। अहिले नाटक गरि गोहि को आँसु झार्छन । आखिर सन्तान के को लागि ?मरेपछि मुख मा एक थोपा पानी हाल्दिन मात्र  रैछ  । भन्दै साथिले कुरा टुङ्गो लगायो।
आमाबाबु आफ्नो सन्तानको लागि आदि पेट आफू खाएर सन्तानको पेट भर्छन । नौ महिना सम्म गर्भमा राखी आफ्नो सन्तानलाई केही होलाकी भनेर ख्याल गरि,आफ्नो भविष्यको चिन्ता नगरी आफ्नो सन्तानको भविष्यको लागि आफ्नो समय र जवानी वेथित गरिदिन्छन । सन्तानलाई योग्य बनाउछन तर जब सन्तान ठूलो हुन्छन त्यही आमाबुबा उनीहरुको लागि बोझ हुन्छन ।
जिउदो हुदा माया,समय,ख्याल नराख्ने अनि मरेपछि स्वर्गमा बास होस् भनी श्रद्धा गर्ने,जिउदो हुदा केही खाए कि खाएन भनेर वास्ता छैन मरेपछी चाहिँ पिण्ड खान्छन् भनेर चढाउनु यसले कुनै अर्थ राख्दैन।आफुले सन्तान भएछी पाउने अधिकार मात्र खोज्ने हैन आफू सन्तान भएपछी आमाबुबा प्रती आफुले गर्नुपर्ने कर्तव्यलाई नि भुल्नु हुन्न । जय होस् ।

Comments