इतबूँंमा निःशुल्क स्वास्थ शिविर सम्पन्न


फाल्गुन २४, २०७८, मङ्गलबार | विहान ०२:३६ बजे | 25


इतबूँंमा निःशुल्क स्वास्थ शिविर सम्पन्न

किकम्पा मन्टेशरी (प्रि –स्कूल) को आयोजना एवम् हार्ट एण्ड डायवेटिक सेन्टर भक्तपुरको प्राविधिक सहयोगमा तथा बाराही फार्मेसी, लायन्स क्लव अफ भक्तपुर डक्टर्स, लायन्स क्लव अफ भक्तपुर फार्मेसिष्टको विशेष सहयोग एवं भक्तपुर एफ.एम. १०५.४ मेगाहर्ज, ङातापोल एक्सपे्रस दैनिक र भादगाउँ टेलिभिजनको मिडिया पार्टनरमा विद्यालय प्राङ्गण इतबूँमा शनिबार सम्पन्न भएको छ ।
शिविरमा नाक, कान, घाँटी, आँखा, हाडजार्नी, मधुमेह, रक्तचाप र जनरल चेकअप समेत परीक्षण गरिएको छ । स्वास्थ्य शिविरमा (चिकित्सक) डा.सरोज सुवालले शिविर निकै प्रभावकारी भएको र समुदायमा आधारित यस्ता शिविरले शारीरिक रुपमा असमर्थ भएकाहरुलाई स्वास्थ्य परीक्षण गर्न सहज हुने र आर्थिक अवस्था कमजोर भएकाहरुलाई उपचारमा राहत पुग्ने वताउनु भएको छ ।  
शिविरबाट दुई सय ४३ जना प्रत्यक्ष लाभाम्वित भएका छन् । वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य  सम्बन्धि निकै सजग र सचेत रहनु पर्ने विचार राख्नु हुँदै विद्यालय संचालक समितिको अध्यक्ष देवचन्द्र वज्राचार्यले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने वचन प्रतिवध्दता जनाउनु भयो । विद्यालयका प्रिन्सिपल राजेश लाखाले स्वास्थ्य शिविर विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भएको र विद्यालयमा प्लेगु्रपदेखी एस. के. जी. सम्मका कक्षाहरु संचालनमा रहेको र अन्य कक्षाहरु थपिन्दै जाने जानकारी गराउँदै अगामी दिनहरुमा पनि विद्यालय र समुदायमा आधारित  अन्य कार्यक्रमहरु गर्दै जाने कार्यतालिका रहेको वताउनु भयो । किकम्पा मन्टेशरीका प्रवन्ध निर्देशक अच्यूत प्रजापति र मिडिया पार्टनर्सका रुपमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गनुभयो ।


Comments