ख्वपमा निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सञ्चालन


फाल्गुन २३, २०७८, सोमबार | विहान १०:०१ बजे | 20


ख्वपमा निःशुल्क प्याप स्मेयर परीक्षण शिविर सञ्चालन

भक्तपुर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बुहप्राविधिक अध्ययन संस्थान, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मावि, शारदा क्याम्पस मावि र शारदा क्याम्पसको आयोजनामा भएको निःशुल्क प्याप स्मेयर परीक्षण तथा स्त्री रोग परीक्षण शिविर सोमबार ख्वप अस्पताल प्राड्डणमा सम्पन्न भयो । शिविरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा कार्यरत महिला कर्मचारी तथा शिक्षिकाहरुले आफ्नो स्वास्थ्य परीक्षण गरेका थिए ।     
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले विभिन्न रोगहरुबाट बच्न समय समयमा स्वास्थ्य परीक्षण गराउन सुझाव दिनुहुँदै शिविरमा निःशुल्क औषधीहरु पनि वितरण गरिने अवगत गराउनुभयो ।
कार्यक्रममा महिला रोग विशेषज्ञ डा. रीना श्रेष्ठले महिलाहरुको पाठेघरको मुखको क्यान्सरले विद्यमान रुप लिइरहेको हुँदा पाठेघरको मुखमा समस्या भए÷नभएको समयमै परीक्षण गरी सम्भावित क्यान्सर रोगबाट बच्न सकिने धारणा राखनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका कर्मचारी तथा शिक्षिकाहरु, क्यान्सर अस्पताल नर्सिङ इन्चार्ज लक्ष्मी श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।



Comments