सकियो गुरु गणेशको अर्ध वार्षिक समीक्षा


2022-03-06 04:35:23

News Image

भक्तपुर । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को अर्ध वार्षिक समीक्षा कार्यक्रम एक समारोहबीच शनिबार संस्थाको सभाकक्षमा सम्पन्न गरियो ।
कार्यक्रममा अतिथि संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले संस्था प्रगती र सुधार गर्नुपर्ने छुट्याई निस्पक्षता र गम्भिरता पूर्वक गरिने बिमोचन वा समालोचना नै समीक्षा भएको बताउँदै सदस्यहरुको  आर्थिक र सामाजिक स्तर उकासी आदर्श समाज निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेकोले सदस्यहरुको आर्थिक स्तर उकास्न के कति कार्य भएको सामाजिक स्तर उकास्ने उकास्न कति कार्य गर्नु भयो सो समेत समीक्षा प्रतिवेदन उल्लेख हुनु पर्ने बताउनु भयो । उहाँले बजेत र नीति तथा कार्यक्रम अनुसार सफलता पूर्वक सम्पन्न गर्न संस्थाका संचालक समिति तत्परता र कर्मचारीहरुले कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले समूदायमा आधारित र सहकारी सिद्धान्तहरुका आधारमा अनुशासित रुपमा लान सदस्यहरको महत्वपूर्ण योगदान हुने बताउनु भयो । संस्थामा राम्रो हुन कार्यालय राम्रो भएर मात्र हुदैंन कर्मचारीहरु सवल सक्षम र असल हुनुपर्ने बताउनुका साथै सहकारीमा सदस्य सन्तुष्टिलाई ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रीप्रसाद प्रजापतिको सभापतित्व सम्पन्न भएको थियो । अध्यक्षले सभापतिको मन्तव्य राख्दैं कर्मचारी आचार सहिंताबारे, संचालक र लेखाको काम, कर्तव्य र अधिकार, तरलता ब्यवस्थापन, पल्र्स बिश्लेषण, भाका नाधेको ऋण, बजेत लक्ष्य, सामाजिक गतिविधी र ७५ बर्ष नाधेका जेष्ठ सदस्यहरुलाई मासिक रु.३००।–, रु.२००।– र रु.१०० गरी बृद्ध राहत दिनेबारे बताउँनु भयो ।
कार्यक्रममा कोषाध्यक्ष तुल्सी केशरी छुजु (प्रजापति)ले अर्ध वार्षिक समीक्षा प्रतिवेदन पेश गर्नु भयो । लेखा समितिका राजु बजिकोले सदस्य सन्तुष्टि मूल्याड्ढन गर्नु पर्ने, स्वागत मन्तव्य सचिव सत्यराम ज्ञामरु, बचत तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक – श्री सिद्धान्त प्रजापति,ऋण अनुगमन तथा असुली उपसमितिका संयोजक– श्री तुल्सीराम प्याठ, महिला उपसमितिका संयोजक – श्री चम्पा ज्ञामरु(बोहजू), शिक्षा उपसमितिका संयोजक – श्री रामकृष्ण लावजूले पनि बोल्नु भयो । साथै उद्घोषक संस्थाका प्रबन्धक गौतम कुटुवाजूले गर्नु भएको थियो ।                                                                                  


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *