कमलबिनायकमा बजार अनुगमन, मार्केट प्लेस प्रा.लि.लाई दियो निर्देशन
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भनापा वडा नं १० कमलबिनायकमा ८ वटा पसलमा बजार अनुगमन गरियो ।
अनुगमनमा मार्केट प्लेस प्रा.लि.मा कस्मेटिक सामानहरुमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट र प्रष्ट हुने गरी राख्नुपर्ने र थोरै मात्र म्याद बाँकी भएपछि समयमै छुट्याई अलग राख्ने र मूल्यसूचि राख्न निर्देशन दियो ।
मेगा मार्टमा फोहर जथाभावी नफालिकन सफाई शुल्क तिरी नगरपालिकाको सफाई गाडीमा मात्र राख्ने, पसलका ग्राहकको सवारी साधान बाटोमा जथाभावी पार्किङ्ग नगराउने र व्यवस्थित पार्किङ्गको व्यवस्था गर्ने, म्याद नाघेको छ छैन समय समयमा चेकजाँच गर्ने साथै सामानहरुको म्याद नाघेको जनाउ दिने कम्युटर प्रणालीको व्यवस्था गर्नुपर्ने निर्देशन दियो ।
डि.एम.सी. किचेनमा पसल तीन दिन भित्र दर्ता गर्ने, ग्राहकलाई भ्याद विल दिने व्यवस्था गर्ने, वातावरण प्रतिकुल हुने गरी ध्वनी प्रदुषण नगर्ने, फोहर जथाभावी नफालिकन सफाई शुल्क तिरी नगरपालिकाको सफाई गाडीमा मात्र राखी दिन निर्देशन दियो । दुनत पसल लगायत ५ वटा पसल दर्ता नभएकोले दर्ता गर्न निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक रेशम बहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मी प्रसाद कवाँको सहभागी थियो ।