पाइपलाइनमा बजार अनुगमन, म्यान नाघेका समान नष्ट


2022-03-03 05:41:58

News Image

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भनपा वडा नं १० पाइपलाइनमा बजार अनुगमन गरियो ।
अनुगमनमा बेष्ट भेराइटीमा मूल्यसूचि राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न निर्देशन दिइयो । साथै म्याद नाघेको सामानहरु म्यागो जुस १ वटा, केक गोब्लस् १ पाकेट, ज्ञान आँटा ६ पाकेट, रोजमेरी ८ बट्टा, भ्यासिलिन १ वटा, कोकोनट क्रन्च १ पाकेट, पोटाटो चिप्स १ पाकेट, ल्याक्टोजेन २ पाकेट, सेरेलेक १ पाकेट, फाण्टा १वटा जफत गरी नष्ट गरियो ।
लाइभ बेकरीमा मूल्यसूचि राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, ओभन भएको स्थानमा फोहर देखिएकोले सरसफाईमा ध्यान दिन, कामदारलाई एप्रोन, हेयरनेट, र ग्लोब प्रयोग गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु स्लाइस ७ वटा, तान्ग हेभेन १ पाकेट, क्रिमवेल आईसक्रिम ५ पाकेट र म्याद नाघेको खाद्य कलर जफत गरी नष्ट गरियो । साथै  तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
एच.के. खाद्य स्टोरमा तराजु नापतौल विभागमा नविकरण गर्न, चामलको बोराहरुमा उत्पादन मिति नभएकोले उत्पादन मिति नभएको विक्रीवितरण नगर्न निर्देशन दियो । त्यस्तै राज्यलक्ष्मी कोण्डाको किराना पसलमा मूल्यसूचि राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, याद नाघेको सामानहरु छुट्टै राख्न निर्देशन दियो । गिरी किराना तथा खुद्रा स्टोरमा मूल्यसूचि राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु शुद्ध आटा १ पाकेट, सेभियान सुजी २ पाकेट जफत गरी नष्ट गरियो । ज्यू आमाको पसलमा मूल्यसूचि राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ्ग सामानमा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न निर्देशन दियो । पाइपलाइन ऐला वेभरेज नवीकरण गर्न, मूल्यसूचि राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिई म्याद नाघेको सामानहरु जम्बो ड्यु ७ वटा, ५०० मिलिको ड्यु ८ वटा, पशुपति पापड ५ पाकेट, विकानेट पापड ६ पाकेट जफत गरी नष्ट गरिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताए ।
अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैंया सुवाल, भनपा श्यानिटेशका नगर निरीक्षक. दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, उद्योग बाणिज्य संघका गौतम सुजखु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रेशमबहादुर कार्की, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवाँको सहभागी थियो ।


Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *