सान फ्रान्सिस्कोमा योमरी मयजुको नेपाली संस्कृतिक प्रवद्र्धनात्मक कार्यक्रम
काठमाडौं । अमेरिका शहर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरेको छ। यति रेस्टोरेन्टमा भएको सो कार्यक्रममा कार्यक्रममा नेपालको पहिचान खाद्य परिकार योमरीको इतिहास, योमरी बनाउने तरिका, योमरीको सांस्कृतिक एवं सामाजिक महत्व साथै नेपाली खानपानमा पन्चतत्वको महत्वको बारेमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठले जानकारी दिनुभयो ।आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले अमेरिकाको विभिन्न शहरहरुमा योमरी मय्जुको सांस्कृतिक प्रस्तुतिहरु भईरहेको बताउनु हु“दै नेपालको आफ्नै संस्कृति, भेषभुषा, खाना मूल्य मान्यता रहिआएको तथा यसको जगेर्ना तथा प्रचार गर्न यस किसिमको कार्यक्रमको आवश्यकता रहेको यति रेस्टोरेंटका संचालक नारायण सोम्नामेले बताउनु भयो । बिनिशा श्रेष्ठले “संंस्कृति बचाउन हामी सब चाहान्छौं तर धेरै जसो हामी पश्चिमी देखासिकीमा रमाउ“छौं भन्नुहुँदै संस्कृति पनि बचोस्, केही रचनात्मक काम पनि होस् र रोजगारीको अवसर पनि सिर्जना होस् भनेर यो प्याकेज कार्यक्रमको सुरुआत गरेको बताउनुभयो।
सांस्कृतिक, धार्मिक, सांस्कृितक मान्यताका साथै मौसमअनुसारको पौष्टिक आहारको रूपले महत्वपूर्ण मानिने यःमरी नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो । नेवार भाषामा यःमरीको अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार संस्कृतिलाई झल्काउने गर्छ ।
यःमरीलाई नेवार समुदायको खाद्य परिकारका रूपमा उल्लेख गरेपनि यसको महत्वलाई ब्यापकता दिने उदेश्यले यो कार्यक्रम अभियानकै रूपमा अघि बढेको हो ।
विभिन्न संस्कार तथा उत्सवमा यःमरीको माला लगाउने र पुष्पवृष्टिको सट्टा यःमरी वृष्टि गराउने पनि गरिन्छ । यहि महत्व उजागर गर्दै प्रवद्र्धन गर्न देश विदेशमा यःमरी मय्जुको यो कार्यक्रम आयोजना गरि“दै आएको हो ।
नेपालीहरूका साथै अमेरिकीहरुको बाक्लो उपस्थिति रहेको सान्टा रोसाको सो कार्यक्रममा मौलिक नेपाली संगीतको प्रस्तुतिका साथै मुख्य आकर्षणकै रूपमा नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको प्रदर्शन एवं नेपाली मौलिक भोज (नेवाः भ्वय) को प्रबन्ध पनि यति रेस्टोरेन्टले गरेको हो ।