६० वीरवीरंगनाको जीवन समेटिएको वीरग्रन्थ सार्वजनिक


फाल्गुन १९, २०७८, बिहीबार | विहान ०४:२९ बजे | 40


६० वीरवीरंगनाको जीवन समेटिएको वीरग्रन्थ सार्वजनिक

सञ्जीब दुलाल
भक्तपुर । ८७ वर्षको उमेरमा पनि कलम चलाउन सक्रिय लेखक, वरिष्ठ साहित्यकार, एवम् राजनीतिज्ञ तिलकप्रकाश कायष्थको नयाँ पुस्तक ‘विरग्रन्थ’ सार्वजनिक भएको छ ।
तिलक प्रकाशको खोजमा आधारित नेपालमा प्रजातन्त्रका लागि लडेका विर योद्दाहरुको जीवनीमा आधारित रहेर नेपाल र नेपालीको विगत देखि वर्तमान सम्मको इतिहास समेट्ने पुस्तकका रुपमा विरग्रन्थ सार्वजनिक भएको हो  ।
सुवर्ण शम्शेरको जन्मजयन्तीको उपलक्ष्यमा आयोजित नेपालको प्रजातान्त्रिक आन्दोलन र आधूनिक अर्थतन्त्र निर्माणमा सुर्वण सम्शेरको भुमिका विषयक विचार गोष्ठीको अवसरमा कायस्थको वीरग्रन्थ सार्वजनिक गरिएको हो ।
सुवर्ण स्मृति परिषदले प्रकाशनमा ल्याएको यो पुस्तकमा नेपालको प्रजातान्त्रिक आन्दोलनका ६० जना शहिद तथा वीर विरंगनाहरुको जीवनी समावेश गरिएको छ ।
पुस्तका नेपालका प्रथम शहिद लखन थापादेखी विक्रम संवत १९९७ साल, २००७ सालहुँदैं २०४६ सालको आन्दोलनका शहिद तथा वीर विरंगनाहरुले शारीरिक एवम् मानसिक दुःख कष्ट के कति भोगे ती घटनाक्रम उल्लेख गरेर पुस्तक ल्याएको लेखक तिलक प्रकासले जानकारी दिए ।
“नेपालको मौलिक अधिकारयुक्त स्वतन्त्रता प्राप्तिको दौरान शहादत प्राप्त गरेका शहिद, तानाशाहहरुको जेलमा अति पिटाईबाट जेलमै मृत्यु वरण गरेका र जेलबाट छुटेपछि घर पुगेर केही समयमा मृत्यु भएका र जीवनभर प्रजातान्त्रिक अधिकारका लागि लडेका वीर विरंगनाहरुका घटनाक्रम आधारित भएर पुस्तक लेखिएको लेखक कायष्थले जानकारी दिए ।
चार वर्ष लगाएर लेखिएको उक्त पुस्तकमा कसरी विदेशी हस्तक्षेप २००७ साल देखि हाल सम्म छ यसबाट देशलाई जोगाउन को को कसरी मुर्नु पर्यो भन्ने विषय जानकारी हुने लेखकले बताए ।
पुस्तक तयार गर्न अनगिन्ती पुस्तक, पत्रपत्रिकाको अध्ययन गरिएको केहि आफैले देखेका भोेगेका र केहि पुस्तक र पत्रपत्रिकाबाट लिएका विभिन्न अध्यायहरुलाई समेटेर पुस्तकलाई मूर्त रुप दिदै वास्तविकता झल्काउन खोजीएको उनको भनाइ छ  ।
पुस्तकमा पुष्पलाल श्रेष्ठ, पद्म रत्न तुलाधर भरतगोपाल झा , वीपी कोइराला, गणेशमान लगाएतका नेता तथा विभिन्न सहदत दिने देश भरका योद्दाको विषयमा लेखिएको छ । लेकखका अनुसार पुस्तकमा पुष्पलाल , गणेशमान, वीपी लगाएतका नेताले इतिहासमा गरेका गल्ती जसका कारण हाल सम्म पनि हामीले भोग्नु परेका परिणामको विषयमा पनि उल्लेख गरिएको लेखक कायस्थले जानकारी दिए ।
कार्यक्रमममा प्राध्यापक डाक्टर जयराज आचार्यले पुस्तकामा समेटिएका विषय वस्तु ८७ वर्षको उमेरमा लेखकको लगाव देखेर अचम्म परेको बताएका थिए  । उनले ८७ वर्षको उमेरमा पनि चार वर्ष सम्म खोज अनुसन्धान गरी ल्याईएको यस पुस्तकबाट नेपाली इतिहासमा विभिन्न योगदान दिने व्यक्तिहरुको विषयमा एकै पुस्तकमा जानकारी पाउन सकिने भएको छ ।
यस्तै कार्यक्रममा वरिष्ठ पत्रकार एवं लेखक भैरब रिसाल, पूर्व सवासद लेखनाथ न्यौपाने, त्रिविका पूर्व उपकुलपति नविन प्रकाशजंग शाह, माननिय दिव्यमणी राज भण्डारी लगायतका महानुभावको उपस्थिति रहेको थियो ।
लेखक कायष्थको यो १४ औं कृति हो । लेखकको प्रजातन्त्र दिवसको अवसरमा गत फागुन ७ गते मात्र ‘झुक्न नजानेका राष्ट्रवादी नेता बी पी कोइराला’ सार्वजनिक भएको थियो ।
यसअघि कायष्थको नेपाल भाषाका ‘योमरी’ (उक्ति संग्रह), ‘धनमाया’ (लघुखण्ड काव्य), ‘यौन ज्ञान मनोविज्ञान’, ‘नुगः जः’ (निबन्ध संग्रह), ‘वयागु हाथ्या’ (कथा संग्रह), ‘ख्वबि झसुका’ (शोक काव्य), ‘उत्सर्ग’ (कविता संग्रह), ‘कमला’ (कथा संग्रह) प्रकाशन भइसकेको छ भने जीवन दर्शन प्रकाशोन्मुख छ ।
यस्तै नेपाली भाषाका ‘परिवार नियोजन के, किन, कसरी’ (लेख संग्रह), ‘यौन ज्ञान मनोविज्ञान’ (लेख संग्रह), ‘शारदा’ (शोक काव्य), ‘लक्ष्मण रेखा’( निबन्ध संग्रह) प्रकाशन भएका छन ।
विमोचन हुने विरग्रन्थले नेपालको इतिहासमा भएका विभिन्न घटना र योद्दाको विषयमा एकै पुस्तकमा जानकारी हुने हेतुका साथ प्रकाशन गरिएको सुवर्ण स्मृति प्रतिष्ठानका अध्यक्ष उद्दव ढुंगानाले जनाकारी दिए ।


Comments