सकियो स्तन, पाठेघर क्यान्सर परीक्षण तथा दन्त शिविर


फाल्गुन १७, २०७८, मङ्गलबार | विहान ११:२६ बजे | 30


सकियो स्तन, पाठेघर क्यान्सर परीक्षण तथा दन्त शिविर

<!--[if gte mso 9]><xml> Normal 0 false false false EN-GB X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0cm 5.4pt 0cm 5.4pt; mso-para-margin:0cm; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नपा वडा नं. २ को आयोजना भएको स्तन, पाठेघर क्यान्सर परीक्षण तथा दन्त शिविरको उद्घाटन कार्यक्रम मंगलबार जेसिस स्कूलको प्राड्डणमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाका गतिविधिमा जनताको साथ र सहयोगले काम गर्न सहज भएको बताउनुहुँदै जनप्रतिनिधि र जनताबीचको राम्रो समन्वयले भक्तपुर नगर आज देशकै नमुना नगरपालिकाको रुपमा अगाडि बढ्न सम्भव भएको बताउनुभयो ।
कुनै पनि रोग समयमै परीक्षण भए त्यसको उपचार पनि सम्भव भएको हुँदा भक्तपुर नपाले नगरका सबै वडाहरुमा स्तन, पाठेघर, आँखा, दन्तलगायतका शिविरहरु सञ्चालन गरी जनतालाई आफूमा रोगबारे सचेत र सजग पार्ने अभियानस्वरुप शिविरहरु सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
भक्तपुरको सल्लाघारीमा अवस्थित ऐतिहासिक रानीपोखरी संरक्षणको उद्देश्य र भक्तपुर नपाले खेलेको भूमिका माथि प्रष्ट पार्नुहुँदै प्रमुख प्रजापतिले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई उपभोक्ता समितिमार्पmत पारदर्शी ढंगले यहाँका सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको पुनःनिर्माण कार्यलाई अगाडि बढाउँदै आएका छौं भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदासंरक्षण, सरसफाई, खेलकुद लगायतका क्षेत्रमा गरिरहेको गतिविधिबारे देशभर प्रचारप्रसार भइरहेको बताउनुहुँदै नयाँ पुस्तालाई वडा र समाजका विविध गतिविधिमा सक्रिय बनाउँदै लानुपर्ने आवश्यकता आंैल्याउनुभयो ।
नेमकिपा २ नं. वडाका इन्चार्ज राजन जतिले भक्तपुर नपाले आफ्नो घोषणापत्रअनुरुप काम गर्दै आइरहेको चर्चा गर्नुहुँदै वडाले आयोजना गरेको स्वास्थ्य शिविरबाट स्थानीय जनता लाभान्वित भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडा सदस्य तुल्सीलक्ष्मी दुमरुले स्वास्थ्यमा सर्वसाधारण जनताको पहुँच पु¥याउने उद्देश्यले वडाले हरेक वडा यस्ता शिविरहरु सञ्चालन गरी व्यापक जनतालाई सचेत र सजग बनाउने काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातां र भक्तपुर क्यान्सर अस्पतालका डा. सृष्टि गौतमले पनि बोल्नुभएको थियो ।




Comments