निर्माण सामग्री व्यवसायमा नयाँ आयाम
भक्तपुर । स्काई इन्टरनेशनल ग्रुपले भक्तपुर जिल्लामा संगठन विस्तार गर्ने सोचले एक बैठक ध्याम्पेडाँडा रिसोर्ट भक्तपुरमा आयोजना गर्याे । उक्त बैठकमा चरिकोट, रामेछाप, भकुण्डेबेसी, सिन्धुली, धुलिखेल, पनौती, बनेपा, काठमाडा,ै पाटन र भक्तपुरका करिब ५० जना व्यवसायीहरुले वर्तमान अवस्थामा नयाँ सोच र नयाँ बिचारका साथ व्यवसायलाई अँगाली अगाडी जाने सोचका साथ संगठन विस्तार गर्न लागेको सो ग्रुपका प्रबन्ध निर्देशक शिव मानन्धरले बताउनुभयो । साथै उक्त कार्यक्रममा प्रस्तावित डाइरेक्टर तथा प्रमुख कार्यकारी अधिकृत उमेश बरालले आफ्नो अनुभव र निर्माण सामग्री व्यवसाय जगतको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गर्नु भएको थियो । ललितपुरका चर्चित व्यवसायी विकास बज्राचार्यले व्यवसायमा आएको उतारचढाव एवं वर्तमान अवस्थामा राम्रो र विचार मिल्ने व्यवसायीहरु एकताबद्ध भई अघि बढ्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम ग्रुपका सल्लाहकार युवकराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा किर्तन अवालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । देशभरका निर्माण व्यवसायीहरुलाई समेटेर अघि बढ्ने उद्देश्य रहेको हुनाले गु्रपको आगामी बैठक चितवन जिल्लाको नारायणगढमा आयोजना हुने पनि बताइएको छ ।