५६ वर्षमा पहिलो पटक रक्तदान


फाल्गुन १५, २०७८, आइतबार | विहान १०:४१ बजे | 30


५६ वर्षमा पहिलो पटक रक्तदान

बाबुकाजी श्रेष्ठ
मध्यपुर थिमि– मध्यपुर सञ्चार समाजद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रममा समाजका अध्यक्ष बाबुकाजी श्रेष्ठले ५६ वर्षको उमेरमा पहिलो पटक रक्तदान गरेका छन । २५–२६ वर्षमै रक्तदान गर्न जाँच गर्दा रक्तदान गर्न नमिल्ने भनेपछि त्यसवेलादेखि कहिल्यै रक्तदान नगरेको उनको तर्क छ । आज साथीहरुको अनुरोधलाई मनन गर्नुका साथै जीवनमा एक पटक भए पनि रक्तदान गर्नुपर्छ भने मनमा लागेर रक्तदान गरेको उहांँले बताउनुभयो ।
समाजका निवर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रममा समाजका आजीवन सदस्य एवं हाम्रो जात्राका अभियानता श्याम था श्रेष्ठबाट शुभारम्भ गरिएको रक्तदानमा ७ जना महिला र १८ जना पुरुष गरी जम्मा २५ जनाले रक्तदान गरेका थिए ।
कोरोना भाइरसको विषम परिस्थितिमा पनि वर्तमान अवस्थामा देखिएको रगतको चरम अभावलाई परिपूर्ति गर्ने उद्देश्यले मध्यपुर थिमिस्थित शंखधर चोकमा कार्यक्रम गरिएको समाजका उपाध्यक्ष सागर गुरागाईले संचारकर्मीहरुलाई बताउनुभयो ।
मध्यपुर थिमि, काठमाडौं र भक्तपुरलगायतका रक्तदाताहरुले रक्तदान गरिएको उक्त कार्यक्रमको लागि नेपाल परिवार नियोजन संघ, शशिएण्ड सन्स ट्रेडर्स, पल्पसा जनरल सप्लायर्स, शंखधर पार्टी प्यालेस, मध्यपुर युथक्लब, जनप्रेमी कलेज, चाणक्य कलेज अफ म्यानेजमेन्ट, समाजसेवी लक्ष्मणशरण जोशी, ई. सत्यसुन्दर श्रेष्ठ, रत्नकृष्ण श्रेष्ठ, राजु श्रेष्ठ, विभूषण कायस्थ, ईश्वरलाल श्रेष्ठ, मदन श्रेष्ठ, श्यामकृष्ण पात्या श्रेष्ठ र दिनेश श्रेष्ठलगायतका व्यक्तित्वहरुले आर्थिक तथा भौतिक सहयोग गरेको थियो ।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कल प्राविधिक सहयोग र कान्तिपुर अस्पताल रक्तसञ्चार सेवाले सहकार्य गर्नुभएको थियो । उक्त कार्यक्रममा समाजसेवी भूवनचरण श्रेष्ठ, नर्स रजनी श्रेष्ठ, फोटो पत्रकार नन्द श्रेष्ठ र सुरेश ख्वाकःश्रेष्ठ स्वयंसेवक भई सहयोग गर्नुभएको थियो ।


Comments