जनताको सुरक्षा खोई ?
फाल्गुन १०, २०७८, मङ्गलबार | विहान ०४:२७ बजे | 25
कुमार लघु
आफ्नै देश वेच्नलाई सुरक्षा गर्न खटे प्रहरी
अमेरीकीहरूको भाडाकोटटु वनेकोछ ,
नेपालको नेपालीलाई माया लाग्छ
यी भेडाको आदेश मानेलाई के भनौ ?
नेपालीले देशको निम्ति सडक ततायो
देश वेच्न लाग्दा जनता सडकमा आए
ठिकै हो देशभक्तहरूले देश बचाउनु पर्छ
गोरेको नोकरहरूले एमसिसी टेवल गरे
टेवल गर्नु मुर्खता हो ,
संसदवाट एमसिसी पास गर्न रोक्नु पर्छ । अमेरीकाको त्यो एमसिसी लगानी हो
लगानीमा जसले जे गरे पनि हुनेहुन्छ
त्यस्तो लगानीलाई अनुदान भन्छ ?
प्रहरिले जनतालाई कुट्न लखेटन बन्दगर ,
जनताको शक्तिले भोलि एमसिसी पासगर्ने
टाउकोलाई फूटबल खेल्न गर्न बाकि राख्न हुन्दैन्
जनताको हितमाथी खेलवाड खवरदार
एमसिसी पास नगरौ ,अमेरीकीमा फर्काऔ ।
सरकारले जनताको अधिकारमा हस्तक्षेप नगर
जनतालाई लखेटी लखेटी डण्दाले पिट्न पाईन्दैन्
जनताको विरोधमा र अमान्य सन्धि नगर
यो देश जनताको पनि हो
जनताको स्वीकृति वेगर केही नगर
यो असफल सरकार राजिनामा देऊ
देशको अहितमा संसदले
कुनै मित्र राष्ट्को नियम पास नगर
जनताको देश वेच्नेनगर
यो देशलाई सार्वभौम मुलुक रहन देऊ
जनतालाई दास नवनाऊ
५५ अरव डलरको लोभ पनि नगर
तिमी माथी आफैले कलङ्गकित नगर
यो देश साम्रज्यवादीहरूकोमा सुम्पने नगर
आज सम्म मागेर कुन मुलुक विकास
भएको छ र ?
यो देश सगरमाथाको रहन देऊ
तिम्रो दिमागमा के गोवर फलेकोछ
आफ्ना सरकारलाई अमेरिकी साम्राज्यवादीको
हातमा किन तोमसरणम् पार्छाै ?
जनताको सहिआवाजको किन वेवास्ता गर्छाै