उत्पत्तिको प्रमाणपत्र सम्बन्धी तालिमको आयोजना


2022-02-20 13:39:18

News Image

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघद्वारा नेपाल सरकार, भन्सार विभाग तथा नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणाली सम्बन्धी एकदिने तालिमको आयोजना गरियो । नेपालमा उत्पादित बस्तुहरु तेश्रो मुलुक, साफ्टा एवं साप्टा अन्तर्गतका मुलुकलगायत भारत निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र जारी गर्नु पर्दछ ।
तालिमका सहभागीहरुलाई संघका बरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले एक कार्यक्रमबीच स्वागत गर्नुभयो । वहाँले भक्तपुर उद्योग वाणिज्य संघ दिगो पर्यटन, निर्यातमूखी हस्तकला र व्यवसायिक कृषिको प्रवद्र्धनमा विशेष ध्यान पु¥याउँदै त्यस अनुरुप कार्यदिशा निर्धारण गर्दै अघि बढीरहेको छ भन्नभयो । उहाँंले भक्तपुर जिल्लाका उत्पादनहरुलाई विश्व बजारसम्म पु¥याउन सघाउनु हाम्रो दायित्व पनि हो, यसमा हामी कटिबद्ध छौं भन्नुभयो । साथै विद्युतीय माध्यमबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्दा समयको बचत हुनुको साथै प्रभावकारी समेत हुने भएकोले यो प्रणाली एकदम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक विष्णु अधिकारीले विद्युतीय प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी हुँदा व्यवसायीहरुलाई तुलनात्मक रुपमा सहज हुने र नेपाल सरकारले यो प्रणाली व्यवहारमा लागू गरिसकेको हुँदा सबैले यसलाई प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघका महासचिव दिनेश गोसाइले पनि कार्यक्रमको महत्वबारे प्रकाश पार्नुभएको थियो भने संघका कार्य समिति सदस्य एवं हस्तकला विकास तथा निर्यात प्रबद्र्धन उप समितिका संयोजक लब्साङ्ग लामाले कार्यक्रमको आयोजनामा सघाउने नेपाल सरकार, भन्सार विभाग तथा नेपाल उद्योग वाणिज्य महासंघको योगदानको स¥हाहना गर्न चाहन्छु भन्दै आगामी दिनमा पनि अरु व्यवसायीहरुलाई यस किसिमको तालिमको आवश्यकता परेको खण्डमा पुनःआयोजना गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा भन्सार विभागका अधिकृत ईश्वर सिंह र नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत  मिलव श्रेष्ठले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *