माओवादी एमाले आउट, नेपाली कांग्रेस इन
फाल्गुन १, २०७८, आइतबार | विहान ११:१७ बजे | 50
भक्तपुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रमण कायष्ठ नियुक्त भएका छन् । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले भक्तपुर सिरूटारका उनलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो । नवनियुक्त कायष्ठले आइतबार पदबहाली गरेका छन् ।
कायष्ठ नेपाली काँग्रेस सुर्यविनायक नगर समितिका उपसभापति हुन् । सूर्यविनायक नगरपालिका वडा नं १ का उनी मेडिकल पृष्ठभूमिका हुन् ।
यसअघि अस्पताल व्यवस्थापन समितिमा मिलन सुवाल थिए । उनले केही दिन अघिमात्र आफू सो पदबाट मुक्त भएको घोषणा गरेका थिए । उनी पूर्व माओवादी थिए । त्यही कोटाबाट उनी अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएका थिए । पछि उनी माओवादी त्यागेर एमाले प्रवेश गरेका थिए ।