समानता ल्याउनु छ
माघ २९, २०७८, शनिबार | विहान ०६:०९ बजे | 50
रामकृष्ण प्रजापति
थुनिएका समुन्द्रमा
जमेको पानी आफै
समान सतह बनाउँछ
सचेत पार्नु छ समानता बारे
पानी बग्नुअघि
चिटिक्क बनेर नहर
किसानले फलाउन सुन
बग्नु छ खेतै खेत ।
समाजसंगै क्रान्ति उठुँ
अनन्त क्रान्ति गरुँ
समानतालाई बुझ्न
समाजमा आफैलाई खोज्न
लड्नु छ पाइलै पाइला ।
डगमगाएका क्रान्तिहरु
लडखडाएका नेतृत्वहरु
घरमराएका सिद्धान्तहरु
क्रान्ति भए पनि
संघर्ष गर्नु छ युगांै युग ।
क्रान्तिकारीले यति त बुझ्नु पर्ने हो
संघर्ष नभएपछि
छाएको सन्नता आफै
आगो ओकल्छ सशस्त्र संघर्षको
शहीद, बलिदान र धाइते
धाइते बाधको रिस र ईषहरु
मसानको शान्तिझै गरी
मशाल भएर भएपनि
संघर्षको आगो दन्किनु छ जुनी जुनी
मसानबाट उठ ।
जुलुस गर्नु छ शहरै शहर
समुन्द्रले यतित बुझ्नु पर्ने हो
खोला नवगेपछि
जमेको पानी आफै
सतह बनाउँछ समानताको
लरखराएका मानिस विचलित हुन्छ ।
विचलित हुँदा, विचलन आउँदा, अपचलन हुँदा
विचलनका अनेकौं तरङ्गहरु
तरङ्गीत नभएझै गरी
संघर्ष भएपनि
क्रान्ति गर्नु छ शसस्त्रै शसस्त्र
बिचलनहरुबाट उठ ।
समानता ल्याउनु छ देशै देश ।
धन्यवाद !