आजदेखि भक्तपुरमा मोर्डना खोपको दोश्रो मात्रा (तालिकासहित)


माघ २७, २०७८, बिहीबार | विहान ०४:२९ बजे | 50


आजदेखि भक्तपुरमा मोर्डना खोपको दोश्रो मात्रा (तालिकासहित)

भक्तपुर । भक्तपुरमा आज विहीबारदेखि मोर्डना खोपको दोश्रो मात्रा लगाउन सुरु भएको छ । कोभिड १९ विरुद्धको यो मोर्डना खोप १२ वर्षदेखि १७ वर्ष उमेर समूहकालाई लगाइन्छ । माघ ६ गते पहिलो मात्रा लगाएका विद्यार्थीलाई यो खोप लगाइने भएको हो ।
पहिलो दिन खोप ख्वप मावि देकोचा, बागीश्वरी मावि च्याम्हासिंह, वागीश्वरी मावि कमलविनायक, इवामुरा कलेज अफ हेल्थ साइन्स सल्लाघारी भक्तपुरमा लगाइने नगरपालिकाद्धारा जारी सार्वजनिक सूचनामा जनाइएको छ ।
यो खोप आजका साथै पुस २८ र २९ गते पनि फरकफरक विद्यालयहरुमा लगाइने तालिका सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् तालिका

फाेटाेमा हेर्नुहाेस्...

आजदेखि भक्तपुरमा मोर्डना खोपको दोश्रो मात्रा (तालिकासहित)

Comments