स्वतन्त्रता
माघ २६, २०७८, बुधबार | विहान ०८:५८ बजे | 55
रामकृष्ण प्रजापति
थुनिएका खोलामा
पानी बगिरहन सक्दैनपानी बग्नुअघि
टपक्क बर्षेर बर्षा
खेतमा सिंचित गर्न कूला
बग्नुछ निरन्तर निरन्तर ।
समयसंगै भेल बगुँ
आँधीवेहरी सहित बर्षा गरुँ
खोलालाई बुझ्न
पानीलाई खोज्न
बर्षनु छ निरन्तर निरन्तर ।
झरमराएका बर्षाहरु
बबलिएका पानीहरु
गजमगाएका बादलहरु
बर्षे पनि
झर्नु छ निरन्तर निरन्तर ।
खोलाले यतित बुझ्नुपर्ने हो
संगै नवगेपछि
जमेको पानी गन्हाउँछ ।
गन्हाएको, जमेको, फोहरीएका
दुर्गन्धित पानीका थोपाहरु
नवगेझै गरी
भेल भएरै भएपनि
खोलालाई बग्नु छ निरन्तर निरन्तर
दुर्गन्धहरुबाट उठ ।
स्वतन्त्रताको सास फेर्नु छ निरन्तर निरन्तर ।