अजम्मरी गायिका लतामा समर्पण


माघ २५, २०७८, मङ्गलबार | विहान ११:३८ बजे | 100


अजम्मरी गायिका लतामा समर्पण

पदम दाहाल
लयदार लता सुर ताल ध्वनि
अनमोल अनम्य सुगन्ध तिमी।
अनुनाद निनाद निशान्त निशा
सुरिलो स्वर रम्य सुवास लता।१।

रहँदैन कुनै दिन जीवन यो
किन मर्छ कला र गलो छ भलोरु
जिउँदोपन ढल्दछ टुट्छ यहाँ
जब पुग्छ दिनै तन छुट्छ यहाँ।२।

भन के छ र खै सँग लान सँगैरु
पहिचान उचो जिउडाल छँदै ।
किन मर्छ र क्वै कृति कर्म हुँदारु
अवसान हुँदैन रहिन्छ सदा।३।

घरबार नभै धुन कर्मठले
अमरत्व मिलेछ महापथले।
लतिका कि लता स्वर कोकिलझैं
छ विनोद जता पनि गुञ्जनझैं।४।

कति मगमग गायन जगमगले
भँमरो छ कि सुन्दर गुनगुनले
सरिता रसिका बग गीत बनी
भव मोचन पार अपार जुनी

Comments