अब भक्तपुरमा नेपालको सबैभन्दा पुरानो साइकल पसलको सेवा
माघ २३, २०७८, आइतबार | दिउँसो ०२:०१ बजे | 15
भक्तपुर, माघ २३ गते ्र सन् १९२५मा शुरू भएको नेपालको सबैभन्दा पुरानो साइकल पसल पञ्च अष्टनारायण साइकल (प्याङ्क बाइक) को सेवाहरू अब देखि भक्तपुरमा उपलब्ध हुने भएको छ। भक्तपुर वाँचु टोल, इनाचोमा अवस्थित जुजु बाइक्सले यो सेवा भक्तपुरमा भित्र्याएको हो। जुजु बाइक्स मार्फत भक्तपुरका साइकल प्रेमीहरूले विश्वस्तरीय साइकल ब्रान्डहरू अब सजिलै खरिद गर्न सक्नेछन्। साथै माउन्टेन बाइकको सर्भिसिङको लागि पनि अब काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ। यसको साथ साथै पुरानो साइकल एक्सचेन्ज, इलेक्ट्रिक साइकल, रिकण्डिसन्ड साइकल, साइकल स्पेयर पार्टस र साइकलिङ सामाग्री खरिद बिक्री लगायत साइकल रेन्टल तथा साइकलिङ टुर्सको लागि पनि जुजु बाइक्सले सेवा शुरू गरेको छ।