इतिहास


माघ २२, २०७८, शनिबार | विहान ०८:२८ बजे | 30


इतिहास

 सुनील सापकोटा
अहिले तिम्रो र मेरो
चाउरिएका अनुहार बिच
दौडिरहेको समय मात्र छ
अरु अहिले केही छैन

तर त्यसलाई
समय मात्र न सम्झ प्रिये
त्यो कालको रंगमंचमा
बजिरहेको संगीत हो

ती  हाम्रा दुई झुर्रिहरु
झुर्रिहरु मात्र होइनन्
जीवनको अनुभवहरुको
एउटा स्वरलिपि हो
जसलाई स्पर्श गर्दा
बजन शुरु गर्छ

यो बजिरहने छ
तिमी र म
यो दुनियाँमा
जिवित रहे सम्म

एक दिन
त्यो पनि कतै बिलाउने छ
अनि बज्न छोड्ने छ
अनि रहनेछ केवल
हाम्रो प्रेमको इतिहास

Comments