माघेझरी
माघ २१, २०७८, शुक्रबार | विहान १०:१२ बजे | 20
पदम दाहाल
सिमसिम पानी माघ महिना अाँगनीकाे माझ
अागाे तापी बसाैं भित्रै अँगेनुमा
अाज।१ ।
चरी चिर्बिराए उडे बसे गुँडमा बास
चिसाे याम चिसै बर्सा चट्याङकाे त्रास।२ ।
न्यानाे न्यानाे ऊनी लुगा लुगलुगी जाडाे
कामिरा'छाैं अाेरिपरि हिउँ भा'छ डाँडाे।३ ।
बादलुले बाटाे छेकी लुकाएछ घाम
कठ्याङ्ग्रिए हातगाेडा छैन तामझाम।४