भक्तपुरका स्कुले छात्रलाई क्यान्सर, सहयोगको आह्वान
माघ २०, २०७८, बिहीबार | विहान १०:२३ बजे | 30
ख्वप मा.वि. ब्यवस्थापन संकाय कक्षा १२ मा अध्ययनरत जेहेन्दार छात्र दिपेश देउजा व्लड क्यान्सरबाट पीडित भएका छन् । विगत केही समयदेखि रोगबाट ग्रसित भइरहेको उनको उपचारका लागि आर्थिक समस्या परेको छ । उनी हाल उपचारको क्रममा रहेको जनाइएको छ । निजलाई उपचारको निमित्त आर्थिक सहयोग गर्नका लागि आह्वान गरिएको छ । इच्छुकहरुले ख्वप माविमा सम्पर्क गरी सहयोग गर्न सकिने जनाइएको छ । निज छात्रको सिघ्र स्वास्थ्यलाभको कामना ।