गाँठो
माघ २०, २०७८, बिहीबार | विहान ०८:५९ बजे | 20
डा.इन्दुल के.सी, भक्तपुर
जन्म र मृत्य दुई नदीका किनारमा
साना–ठुला नाना प्रकारका गाठो ।
सबैले आफ्नो गा“स बास कपासको लागि
आफ्नै परिश्रमले फुकाल्नु पर्छ गाठो ।
आफन्तको जमघट खुसियालिको साथ
विवाह–मण्डपमा कसिन्छ लगन गाठो ।
विडम्वना१ पारपाचुकेको निर्णयमा
फुकालिन्छ कसिएको त्यो लगने गाठा ।
स्वास्थ उपचारका बिबिध कार्यमा
खोलिन्छ नगदको कसिएको गाठो ।
कर्मकाण्डीहरुको घाटीको जनैमा
आधुनिक पहिरनमा आफ्नै घाटीमा टाईको गाठो ।
सम्झौता संशोधन या स्वीकृत गर्ने संसदमा
एमसीसी राष्ट्रकै घाटीमा अड्केको फासीको गाठो ।
बुझ्न गाह्रो भो किन कोहि मरिहत्ते गर्छ
देशै भडखालोमा हाल्ने कसिएको गाठो ।
मृत्यु शैयाको चीर निन्द्रामा पल्टि सकेकालाई
रामनामि कपडामा बेरिएको कात्रोको गाठो ।
२०७८ माघ २०