इवामुरामा कोभिड किल्निक संचालनमा


माघ २०, २०७८, बिहीबार | विहान ०६:४२ बजे | 70


इवामुरामा कोभिड किल्निक संचालनमा


भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा हरेक दिन कोभिड १९ किल्निक संचालन गरेको छ । कोभिड भएका तथा कोभिड लक्षण भएका विरामीहरुको स्वास्थ्यलाई ध्यानमा राखी उक्त किल्निक संचालनमा ल्याएको हो । वरिष्ठ छाती रोग विशेषज्ञ डा.नविन प्रकाश शाहद्धारा स्वास्थ्य चेक जाँच गरी सो किल्निक संचालन भइरहेको छ । कोभिड किल्निक शनिबार बाहेक हरेक दिन दिउसो ३ बजेदेखि ४ बजेसम्म संचालन भइरहेको अस्पतालले जनाए । अस्पतालले कोभिडको लक्षण भएका विरामीहरुका लागि विशेष कोभिढ किल्निक सेवा सुचारु गरेको जनाए ।

साथै इवामुराले भक्तपुर जिल्लामा नै पहिलो पटक चौथो संस्करणको अत्याधुनिक इ.सि.एल प्रविधिको मेसिनबाट थाइराइडको जाँच भइरहेको अस्पतालले बताए । उक्त मेसिन मार्फत टिपिओ, भिटामिन डी, भिटामिन बि १२, एनिमिया (रक्तअल्पता), हर्मोनस, कार्डियक, टयुम जस्ता अन्य विविध संक्रमक रोगको जाँचहरु गर्न सकिने अस्पताल प्रशासनले जनाए। थाइराइट जाँचको मागलाई ध्यानमा राखी अस्पतालले ४० दिनको लागि थाइराइड जाँच ५ सयमा सेवा प्रदान गरेको थियो ।

Comments