फेरि वढ्यो पेट्रोलियम पदार्थको मूल्य


2022-02-01 15:42:26

News Image

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३–३ रुपैयाँ दरले बढाएको निगमले जनाएको छ।
गत माघ ५ गते पनि मूल्य बढाएको निगमले १३ दिनमा फेरी मूल्य बढाएको हो। पेट्रोलको मूल्य प्रतिलिटर १ सय ४२ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय २५ रुपैयाँ निर्धारण गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमको दाबी छ। बढेको मूल्य बुधबार राती १२ बजेबाट कार्यान्वयनमा आउनेछ।
त्यसैगरी, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर बढाएको छ। भाउ बढाउँदा पनि निगमलाई १५ दिनमा दुई अर्व २३ करोड रुपैयाँ घाटा रहेको नेपाल आयल निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *