शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान


माघ १८, २०७८, मङ्गलबार | विहान ०२:१८ बजे | 15


शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । आज अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको  हो । त्यस अवसरमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, स्वास्थ्य संस्था दर्ता तथा नविकरण समितिका संयोजक दीपक के. सी. सहित पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

त्यस क्रममा बोल्दै मेयर शाक्यले, उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले स्वास्थ्य सेवामा लगानी बढाएको बताउनुभयो । ‘कोविड रोकथाम तथा नियन्त्रणका लागि सरकारी र सामुदायिक अस्पताललाई भेन्टिलेटर प्रदान ग¥यौ । आइसोलेसन र कोविड अस्पताल चलायौँ । त्यसैगरी विशेषज्ञ स्वास्थ्य सेवा दिन सक्ने सरकारी र सामुदायिक अस्पतालाई सहयोग ग¥यौँ । हामीले काम गर्दा महानगरबासीसँगै सबै देशबासीको स्वास्थ्य उपचारलाई ध्यान दिएका छौँ ।’

त्यस क्रममा मेयर शाक्यले, सामुदायिक अस्पतालको प्राविधिक क्षमता विकास गरेर र उपचारका लागि विरामीमा विश्वाश बढाएर निजी स्वास्थ्य संस्थाभन्दा अब्बल बन्नुपर्छ । शिक्षण अस्पताल त्यही मार्गमा जाने मैले विश्वाश लिएको छु ।’

त्यस क्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको अनुभव सुनाउनुभयो । ‘महानगरको प्रयास महत्वका दृष्टिले उत्कृष्ठ छ । यसबाट शिक्षण अस्पतालमा आउने विरामीले तत्काल सेवा पाउनेछन् ।’

काठमाडौँ महानगर अन्य पालिकाको पनि अभिभावक हो । त्यसैले हामीले महानगरबासीसँगै देशबासी सबैमा सेवाको क्षमता पुग्ने गरी सहयोग गरेका छौँ । त्यस क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो, ‘सीटी स्क्यान मेसिनको उपयोगबाट धेरै विरामीले सरल सेवा पाउनेमा विश्वस्त छु ।’

सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाहकाअनुसार आधुनिक चिकित्सा विज्ञानमा सीटी स्क्यान नभइ नहुने हतियार हो । ‘दुर्घटना परेका व्यक्ति, मस्तिष्कघात भएका व्यक्तिको परीक्षणका लागि यो मेसिन नभइ हुँदै हुँदैन ।’ शाहले, विगत २ बर्षदेखि सीटी स्क्यानविहिन भएको अस्पताललाई काठमाडाँै महानगरले सहयोग ग¥यो । यो सहयोग अतुलनीय छ ।’

अस्पतालकाअनुसार अत्याधुनिक यो मेसिनले व्यक्तिको समस्यालाइए स्वचालित रुपमा पहिचान गरेर रिपोर्ट दिन्छ ।

Comments