भक्तपुरमा मुख्य कार्यालय रहेको गार्डेन मार्टको नयाँं शाखा बाँंकेमा
देशका विभिन्न शहरमा सेवा पु¥याउँदै आएको गार्डेन मार्ट बाँकेको चाँदनीचोकमा १६ औं शाखाको रुपमा खुलेको छ ।
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बैजनाथ गाउँपालिका–८, चाँदनी चोकमा गार्डेन मार्टको नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
उपभोक्तालाई एउटै छानामुनि सबै किसिमका सामग्री किनमेलको अनुभव दिलाउने उद्देश्यले यो मार्ट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ ।
शनिवार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले मार्टको शुभारम्भ गरे । उक्त मार्ट शुभारम्भ कार्यक्रममा अधिकारीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र नागरिकहरूलाई एउटै थलोमा आवश्यक खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री किनमेल गर्ने अवसर मिलेको बताए ।
यसअघि सहकारीले भक्तपुरको सूर्यविनायक, ललितपुरको ठैब, काठमाडौंको कीर्तिपुर, उदयपुरको लाहान, चितवनको नारायणघाट, मकवानपुरको हेटौडामा मार्ट सञ्चालनमा ल्याएको छ । बुटवलको जोगिकुटी, नेपालगञ्जको न्यूरोड, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगाढी, डडेलधुरा, दाङको घोराहीमा गार्डेन मार्टले सेवा दिइरहेको छ ।
सहकारीका प्रमुख कार्यकारी अधिकृत लीलानाथ गौतमका अनुसार यो मार्टमा दैनिक उपभोग्यवस्तु, चामल, चिनी, दाललगायत खाद्यान्न पाइन्छ । यसमा सबै उमेर समूहका नागरिकलाई हुने लत्ता कपडा, बालबालिकाका लागि खेलौनाहरू उपलब्ध छन् ।
यसका साथै महिलाहरूका लागि श्रृंगारका सामग्रीहरू, फ्रिज, वासिङ मेसिन, आइरन, गिजरलगायतका विद्युतीय उपकरणहरू मार्टमा उपलब्ध छन् । मार्ट शुभारम्भको अवसरमा यी सामग्रीहरूको खरिद गर्दा उपभोक्ताले निश्चित प्रतिशत छुटसमेत पाउने उल्लेख छ ।